माता तिर्थ औँसीको विराट शुभकामना आमै

स्वर्ग एउटा पौराणिक कथा हो। त्यसमा काल्पनिक भ्रम मिसिएको हुन्छ। सत्य त्यो हो, जुन आमाको काखमा स्वर्गीय आभासको न्यानोपन अनुभुती हुने गर्दछ।

आमाको अभाव कति सम्म खल्लो लाग्छ भने हावा चल्छ तर शितल लाग्दैन। पानी पिइन्छ तर तिर्खा मेटिदैन। स्नेहको उचाई कति अग्लो हुने रहेछ। हृदयको समुद्र कति गहिरो हुने रहेछ भन्ने मापनको यन्त्र कतै भेटिएन।

सम्झछु ‘जंजिर’ चलचित्रमा अमिता बच्चनले बोलेको संवाद, ‘तिमीहरुसँग के छ त्यस्तो जो मसँग छ, मसँग मेरी आमा हुनुहुन्छ।’ अमिताभले बोलेजस्तो मसँग मेरी आमा हुनुहुन्छ त्यसैले गर्व गर्छु र न्यायको झल्को लिन्छु।

सायद ईश्वरको भोकमा कोहि हुनुहुन्छ भने त्यो सबै मिथ्या हो। सर्व श्रेष्ठ ईश्वर भनेकै आमा हुन। कतै आमाको अवतारी ईश्वर हुन सक्छन् तर श्रृष्टिकर्ता आमा भन्दा अघि कोहि हुन सक्दैनन्।

संसारको सबैभन्दा पवित्र नाता आमा र पवित्र सम्बोधन पनि आमा भनेर उल्लेख गरिएको छ। कतै आमालाई हाँस्नु छ भने सन्तान हाँसेको पर्खिनु छ। सन्तानलाई खुसी देखेपछि मात्र जब आमा खुसी हुन सक्छिन्।

आमा पहिलो औषधि हुन्। अँध्यारोको दिप पनि आमा नै हुन्। आमा भन्दा मिठो शब्द शब्दकोषमा पनि भेटिदैन। शब्दको मिठास आमानै हुन।

आफ्ना सन्तानका निम्ति आफ्नै संसार भुलिदिने ती सम्पूर्ण आमाको सोच, साहस र ममतालाई पङ्तिकारकाे सलाम छ।

आमाको जीवनको रक्तश्रावबाट नै मेरो जीवनको ब्रम्हनाल बनेको हो। जसले आफूलाई टुक्राएर मलाई सिङ्गो जीवन दिइन्। सारा जीवन उनै आमाको नाममा अर्पित छ। जति खुलस्त वर्णन गरे पनि नसकिने मेरि आमा!

क्षमा चाहान्छु आमा तीन सन्तानकी भरिपूर्ण आमा आज कुनै पनि सन्तति भौतिक रुपमा सरिक हुन नसक्दा माता तिर्थाऔँसी वेस्वाद/अमिलो जस्तो लागेको छ।

यस संजालमा तिमी हेर्न र पढ्न त जन्दिनौ मलाई थाहा छ। तर कसैले सुनाए पछि एउटा छोरा जापान र एउटा छोरा नेपाल देशको राजधानीबाट अपार माया र असीमित सम्झना सहित माता तिर्थ औँसीको विराट शुभकामना आमै।

(जुम्ला जिल्ला गुठीचौर गाउँपालिकाका लेखक नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य हुनुहुन्छ।)

यो पनि पढ्नुस्

अत्यधिक विक्ने माल बन्दै शिक्षा

प्रकाशित मितिः   २०८१ बैशाख २६ at 7:34 am 

  • कमेन्ट (Comment)