मुगुमा कांग्रेसका खड्ग बहादुर  शाही बिजय ।

मुगुमा नेपाली कांग्रेसका उम्मेदवार खड्ग बहादुर शाही  विजयी भएका छन् । उनी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार पुर्ण बहादुर रोकाया लाई ११९६ मतले पछि पार्दै विजयी भएका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार शाहीले ७ हजार ९ सय २४ मतसहित विजयी हुँदा रोकायाले ६ हजार ७ सय १८  मत पाएका छन् । तेस्रो भएका नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार चन्द्र बहादुर शाहीले  ५ हजार ५ सय ५८  मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भुवन  टमटाले ५ सय ३० मतसहित चौथो भएका छन् ।

मुगुमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार बल बहादुर मल्लले  २ सय ३  नेकपा माओवादीका उम्मेदवार रंग बिर परियारले  २८० पाएका छन् । प्रगतिशील लोकतान्त्रिक पार्टीका ऐटन मल्लले २२ मत ल्याएका छन् । यसै बिच मुगुमा ३६ हजार ३१ मतदाता मध्ये २२ हजार  ७१ मत खसेको थियोे । जसमा ८ सय ४६ मत बदर भएका छ्न

प्रकाशित मितिः   २०८२ फाल्गुन २४ at 12:34 pm 

  • कमेन्ट (Comment)