नेपाल कम्युनिष्ट पार्टि जिल्ला कार्यसमिति सदस्य तथा कनकासुन्दरी माध्यमिक विद्यालयका अध्यक्ष शैलेन्द्र खत्री नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
नेपाली कांग्रेस जुम्लाको प्रदेश सभा ‘क’ र ‘ख’ को संयुक्त दोस्रो प्रदेश सभा अधिवेशनको उद्घाटन समारोहका क्रममा खत्री कांग्रेसमा प्रवेश गरेका हुन्। उद्योग वाणिज्य संघ जुम्लाको सभाहलमा आयोजित कार्यक्रममा नेपाली कांग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाही, केन्द्रीय सदस्य रामदेवी खड्का, निवर्तमान केन्द्रीय सदस्य कान्तिका सेजुवाललगायत जिल्लाका नेता तथा कार्यकर्ताको उपस्थितिमा खत्रीलाई कांग्रेसमा स्वागत गरिएको थियो।
पार्टी प्रवेशपछि खत्रीले मुलुकको लोकतान्त्रिक व्यवस्था, सुशासन र जनताको अधिकारका पक्षमा काम गर्ने उद्देश्यले नेपाली कांग्रेसमा आबद्ध भएको बताएका छन् । उनले आफूले विगतमा आबद्ध रहेको राजनीतिक यात्राबाट प्राप्त अनुभवलाई अब कांग्रेसमार्फत सामाजिक तथा राजनीतिक क्षेत्रमा उपयोग गर्ने बताए ।
प्रदेश सभा ‘क’ र ‘ख’ को संयुक्त दोस्रो प्रदेश सभा अधिवेशनमा जिल्लाका विभिन्न पालिका तथा वडाबाट आएका नेता, कार्यकर्ता तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।











कनका खबर । २०८३ असोज १०