कर्णालीमा कृषि उपजमा लाग्दै आएको कर खारेज, उत्पादन र बजारीकरण सहज हुने अपेक्षा

कर्णाली प्रदेश सरकारले कृषि उत्पादनको प्रवर्द्धन र कृषकलाई उत्पादनमा प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न कृषि उपजमा लगाउँदै आएको कर चालु आर्थिक वर्षदेखि खारेज गरेको छ। कृषि उत्पादनमा लाग्दै आएको कर हटाएपछि कृषक तथा व्यवसायीलाई उत्पादन र बजारीकरणमा सहज हुने प्रदेश सरकारले अपेक्षा गरेको छ ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको गत आर्थिक वर्षको प्रगति विवरणअनुसार कर्णालीबाट एक वर्षमा तीन अर्ब ६४ करोड छ लाख रुपैयाँ बराबरको कृषिजन्य उपज अन्य जिल्लामा निर्यात भएको छ ।

खाद्यान्न, दलहन, फलफूल, अदुवा, बेसार, आलु, मह र च्याउलगायत ७७ हजार चार सय ९५ मेट्रिक टन कृषि उपज प्रदेश बाहिर निर्यात भएको मन्त्रालयले जनाएको छ।

कृषिजन्य उत्पादन बाहिर पठाउने क्रम बढे पनि पशुजन्य उत्पादनमा भने कर्णाली अझै आयातमा निर्भर रहेको तथ्यांकले देखाएको छ। पशुजन्य उपज निर्यातबाट प्रदेशमा २८ करोड ७३ लाख रुपैयाँ भित्रिएको छ।

प्रकाशित मितिः   २०८३ असोज २ at 8:35 am 

  • कमेन्ट (Comment)