प्रधानमन्त्री बालेनलाई मौलापुरकी मेयरको ५ बुँदे अपिल

मौलापुर नगरपालिकाकी मेयर रिना कुमारी साहले बिभिन्न पाँच बुँदामा सरकारको ध्यानाकर्षण गरेकी छन् । प्रधानमन्त्री बालेन्द्र शाहलाई सम्बोधन गरेर सार्वजनिक अपिल जारी गर्दै उनले मौलापुर नगरपालिका पुरै अस्तव्यस्त रहेको बताएकी छन् ।
संघीय सरकारका कारण पूर्णरुपमा ठप्प भएको भनेर उनले ध्यानाकर्षण गरेकी हुन् । ‘मेरो पहिलो कार्यकालको प्रथम आ.व. २०७४/०७५ देखि आ.व. २०८१ / ०८२ सम्म ९० प्रतिशत भन्दा बढी वित्तिय तथा भौतिक प्रगति गर्दै आएको यस नगरपालिकाले यहाँको सरकार गठन पश्चात संघीय सरकारको अनुचित हस्तक्षेप र कुदृष्टि परेको कारण गत आ.व. २०८२ /०८३ मा बजेट खर्च ५०.६८ प्रतिशतमा झरेको छ’, अपिलमा उल्लेख छ ।

संघीय सरकारले आफू नेतृत्वको नगरपालिकाका लागि खटाईएको उपसचिव प्रमुख प्रशासकीय अधिकृतले जनताका आधारभूत सेवाहरु विजुली, खानेपानी, सिंचाइ महसुलका साथै एकिकृत दलित वस्ति निर्माण, पशु पकेट विकास कार्यक्रम अगाडि बढाउन नचाहेको बताएकी छन् ।

प्रकाशित मितिः   २०८३ भाद्र ३० at 10:26 am 

  • कमेन्ट (Comment)