कर्णाली स्वास्थ्यलविज्ञान प्रतिष्ठनाले दिने सेवामा लापरबाही भएकाे भन्दै सेवाग्राहीकाे असन्तुष्टि

जुम्ला जिल्लामा रहेकाे कर्णाली स्वास्थ्य प्रतिष्ठानले दिने स्वास्थ्य सेवाप्रति सेवाग्राहीकाे असन्तुष्ट बढ्दै गएकाे छ । पछिल्लाे समयमा प्रतिष्ठानले उपचारकाे नाममा नागरिकलाई विभिन्न खालका दुख कष्ट दिदै आएकाे नागरिकहरूले गुनासाे गरेका छन् । कुनै समय सामान्य राेगकाे उपचार गर्न समेच सुर्खेत , नेपालगन्ज जस्ता अन्य जिल्लामा जानुपर्ने समस्याकाे समाधान भए पनि जिल्ला मै पाउने गुणस्तरीय स्वास्थ्य सेवा लिन नपाएकाे प्रति नागरिककाे गुनासाे बढेकाे हाे ।

प्रतिष्ठानमा स्वास्थ्य सेवा लिन आउने सेवाग्राहीले नाम लेखाउनेदेखि उपचार गराएर अौसधि लिनसम्मका लागि अनेक खालका समस्याहरू झेल्नु परेकाे बताउन ।

साउन १४ गते राति छाेरीलाई रूवाखाेकी तथा स्वासप्रस्वास सम्बन्धि समस्या भएर प्रतिष्ठानमा आउनु भएका नरेन्द्र न्याैपानेले छाेरीकाे उपचार गर्न सकेकाे भन्दै आक्राेश पाेखेका छन् ।

न्याैपानेले छाेरीकाे स्याम्पलका लागि रगत निकाल्दा भेन्स पत्ता लगाउन नसकेर उपचार नभएर घर लिनु परेकाेप्रति उनले प्रतिष्ठान प्रति आक्राेश व्यक्त गरेका छन् । डाक्टरहरूले बच्चा माेटाे भएर भेन्स पत्ता लगाउन नसकेके भन्दै बाहाकाे बनाएकाे उनकाे आराेप छ।
उनले सामाजिक सन्जालमा एक स्टाटस लेख्दै प्रतिष्ठा भित्र चरम लापरबाहि भएकाे लेखेका छन् । उनले सामाजिक सन्जालमा लेख्छन् -कुरा अस्ति राति १०:३० ११:०० बजेको हो।

मेरो बच्चा बिरामी भएर मैले जुम्ला स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेको थिए। र मेरो बच्चाको भेन्स पत्ता लगाउन नसकेर ब्लड टेस्टको लागि ब्लड निकाल्न नसकेर लगभग लगभग सात कि आठ ठाउँमा सिरिन्ज हालियो। तर भ्यान पत्ता लागेन।

ब्लड निकाल्न सकिएन। अनि मेरो श्रीमतीले बच्चाको यो पिडा देख्न नसकेर भैहाल्यो बरु जे भए हुन्छ घर लैजाउ भनेर हामीले बच्चालाई बाफ मात्र दिएर घर ल्यायौ।

घर ल्याइसक्दा अनि हिजो मैले एउटा पोस्ट गरेको थिए। त्यो अन्यथा कसैलाई नराम्रो लाग्न सक्छ हैन। कसैलाई यो के लेखेको भन्ने लाग्न सक्छ। एकदम सत्य घटना हो। स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धेरै लापरवाही छ।

जुम्लाकै महत्वपूर्ण संवेदनशील ठाउँमा एकदम लापरवाही भएको छ र यो सम्बन्धित निकायको ध्यान जाओस्। र अर्को कुरा धेरै जनाले भन्नुभएको छ कि प्रशासनमा गएर निवेदन दिनुस्। अनि त्यहाँ सुधार हुन्छ कि भनेर भन्नुभएको छ।

यो कुरा पनि यो भन्दा पहिला भइसकेको हाम्रो तातोपानी गाउँपालिका वडा नम्बर १ बाइँराका गाउँको एउटा बच्चाको हात काट्दै गर्दा म पनि त्योमा सहभागी थिए। काठमाडौँ लिएर बच्चाको हात काटियो। एउटा इन्जेक्सन लाउन नजानेर।

अनि हामीले प्रशासनमा धेरै झगडा गर्यौ। धेरै बिन्तीहरु गर्यौ। धेरै गर्यौ। तर सुनुवाइ भएन। त्यहाँ भित्र मिलेमतो भइहाल्छ। कहीँ पनि हाम्रो नेपाल सरकार भनम कहीँ पनि यो एकदम बिगबिगी हो हैन। गरिबहरुलाई निमुखा हरूलाई एकदम हेप्ने, चेप्ने र सुनुवाइ नहुने यो हरेक ठाउँमा छ।

यो मैले मात्र भुकेको हैन। सारा नेपालीहरुले गरिब दिनदुखी हरूले भोगेको पिडा हो र हाम्रो नेपालमा कहिले पनि गरिब दिनदुखीको दिन आउदैन। पावर, पहुँच, पैसावालाको दिन हुन्छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएकाे याे एक प्रतिनिधिमुलक घटना मात्र हाे । यश अधि पनि यस्ता खालका लापरबाहीका घटनाहरू बाहिन भने नआएका हैनन् तर प्रतिष्ठान प्रशासनले यस्ता खालका घटनामा खासै चाखाे देखाएकाे भने देखिदैन ।

यस्तै लापरबाहिका घटनाकै कारणले विगतमा प्रतिष्ठानमा सेवा बन्द समेत गरेका घटनाहरू आँखा अगाडि नै छ। अगामी दिनमा यस्ता खमलका घटनाहरू दाेहार्याउन नदिन प्रतिष्ठान प्रशासनले सेवालाई सुघार गरेर लैजानु पर्ने देखिन्छ ।

सामाजिक सन्जालमा देखिएका यस्ता घटनालाई समाधान गर्नु पर्ने प्रतिष्ठानकाे जिम्मवारी तथा दायित्व हाे । आगामी दिनका यस्ता खालमा लापरबाहिका घटनाहरू बाहिर आउन नदिन प्रतिष्ठानले विशेष पहलकदमी गर्ने छ ।

 

प्रकाशित मितिः   २०८३ साउन १६ at 12:02 pm 

  • कमेन्ट (Comment)