कर्णाली प्रदेश सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ ।
रसुवाको भोटेकोशीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा राहत, उद्धार, पुनर्स्थापना तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माण एवं विपत् व्यवस्थापनका लागि प्रदेश सरकारले दुई करोड रुपैयाँ कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।
मंगलबार मुख्यमन्त्री मंगलबहादुर शाहीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले कोषमा दुई करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयद्वारा तयार गरिएको ‘शिक्षा क्षेत्र योजना २०८३/२०९२’ स्वीकृत गर्ने निर्णय समेत गरेको छ ।
कर्णाली प्रदेश सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड रुपैयाँ जम्मा गर्ने











कनका खबर । २०८३ भाद्र १६