नेपाल सरकार भूमि समस्या समाधान आयोग, जिल्ला कार्य समिति जुम्लाको अध्यक्षमा तातोपानी गाउँपालिका ८ का सुरत बहादुर शाही नियुक्त भएका छन् ।
शाहीले सुकुम्बासी, भूमिहीन तथा अव्यवस्थित बसोबासका समस्या समाधान गर्न, सार्वजनिक जग्गाको संरक्षण गर्न र सम्बन्धित सबै पक्षसँग सहकार्य गर्दै अघि बढ्ने बताएका छन्। नापी कार्यालय, मालपोत कार्यालय, स्थानीय तह, नागरिक समाज र राजनीतिक दलहरूसँग समन्वय गरी कार्यलाई प्रभावकारी बनाउने शाहीले बताए।
शाहीले भने; जिल्लामा भूमिहीनहरूको पुनर्स्थापना र राहतलाई प्राथमिकतामा राखेर काम गर्ने छु। जुम्लामा ८ वटै स्थानीय तह र ६० वडाका वडाध्यक्षहरूसँग सहकार्य गरेर भूमि समस्याको दीर्घकालीन समाधान गर्ने उनको योजना रहेको छ।
शाहीका अनुसार उनि केहि दिनमै जिल्लामा फर्किएर आफ्नो कार्यभार प्रारम्भ गर्नेछन्।
विश्व प्रकाश । २०८१ माघ ४