
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरिक्षक (डिएसपी) छेदिलाल कामतीकाे सुरुवा भएकाे छ ।
२०८० चैत १६ गते जुम्ला हाजिर भएका डिएसपी कामतीकाे करिब १३ महिनाकाे अवधिमा सरुवा भएकाे हाे ।
कामतीले जुम्लामा जम्मा १३ महिना बिताएका हुन। उनले जुम्लाको कार्यकालमा उपलब्धिका रुपमा लागुऔषध नियन्त्रण तर्फ आफ्नो सक्रियता मात्रै देखाएका छन्। तर वास्तविक उपलब्धि भने हाँसिल गर्न सकेनन्।
उनलाई जुम्लाबाट काठमाण्डौ उपत्यका विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वर काठमाण्डौमा सरुवा गरिएको हो। प्रहरी प्रधान कार्यालयले देशभरका १२१ जना डिएसपीकाे सरुवा गरेकाे छ । जुम्लामा नयाँ प्रहरी प्रमुख रविन बाबु रेग्मी आउने भएका छन् ।











कनका खबर । २०८२ बैशाख ११