शिक्षामन्त्री पुनले पनि दिए राजीनामा

काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पनि पदबाट राजीनामा दिएका छन्। आफ्नै अभियानमा लाग्न उनले राजीनामा दिएको बताइएको छ

अर्थमन्त्री रामेश्वर खनालले यसको पुष्टि गरेका छन्। सामाजिक सञ्जालमा ‘महावीर पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिनु भयो।’यसअघि भौतिक पूर्वाधार, शहरीविकास र ऊर्जा मन्त्रालयको जिम्मा सम्हालेका कुलमान घिसिङ, सरकारको प्रवक्तासमेत रहेका सञ्चारमन्त्री जगदीश खरेल र खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिइसकेका छन्। उनीहरूले प्रतिनिधिसभा चुनावमा लड्न राजीनामा दिएका थिए।

प्रकाशित मितिः   २०८२ माघ ६ at 11:29 am 

  • कमेन्ट (Comment)