चोलेन्द्रलाई प्रहरीले भेट्न नदिएपछि मानव अधिकार आयोगद्वारा खेद प्रकट

राष्ट्रिय मानव अधिकार आयोगले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबारे बुझ्न पुग्दा प्रहरीले गरेको व्यवहारप्रति आपत्ति जनाएको छ ।
आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलले एक विज्ञप्ति जारी गर्दै टेकुस्थित अपराध अनुसन्धान कार्यालयमा अनुगमनका लागि पुग्दा रोक लगाइएको थियो ।

करिब ४५ मिनेटसम्म पनि गेटमै बसेर कुर्दा पनि पूर्वप्रधानन्यायाधीश जबरालाई भेट्न नपाएपछि आयोगको टोली फर्किएको थियो ।

सोबारे आपत्ति जनाउँदै आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘संवैधानिक तथा कानूनी अधिकार विपरीत नेपाल प्रहरीबाट गरिएको यस प्रकारको व्यवहारप्रति आयोग खेद प्रकट गर्दछ ।’

आफूहरूको संवैधानिक तथा कानूनी दायित्व पूरा गर्ने कार्यमा अवरोध सिर्जना गर्ने प्रहरी कर्मचारीलाई कानुनी दायरामा ल्याउन पनि आयोगले सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रकाशित मितिः   २०८३ असोज ११ at 5:51 pm 

  • कमेन्ट (Comment)