
जुम्ला। चन्दननाथ नगरपालिका , जुम्लाको आयोजना र नेपाल रेडक्रस सोसाइटी जुम्ला, जिल्ला विपद व्यवस्थापन समिति,जुम्ला, देविदत्त गण, जिल्ला प्रहरी कार्यालय जुम्ला, शसस्त्र प्रहरी वल नेपाल जुम्ला, प्रदेश विपद व्यवस्थापन जुम्लाको संयुक्त समन्वय तथा सहकार्यमा कृत्रिम घटना अभ्यास गरिएको हो।
सुख्खा मौसममा हुन सक्ने आगलागी बाट नागरिकलाई सचेतना प्रदान गर्न उक्त अभ्यास गरिएको हो। विपद जोखिम न्यूनीकरण कसरी गर्ने भन्ने कुरा नागरिकलाई प्रस्ट पार्न नेपाली सेनाको खुल्ला खेल मैदान टुडिखेलमा अभ्यास गरिएको हो।
खाना पकाउन प्रयोग गरिने ग्यासको सिलिन्डरमा आगलागी, घरमा हुने आगलागी, बन जंगलमा हुने आगलागी तथा शरिरमा लागेको आगो कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने विषयलाई जोड दिँदै अभ्यास सम्पन्न गरिएको हो।
उक्त अभ्यास पश्चात नागरिक विपद जोखिम न्यूनीकरण गर्न सक्ने हुने विश्वास लिएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी रामवहादुर शाहीले बताए ।उनकाअनुसार विपद् जति बेला पनि घट्न सक्छ र नागरिक सचेत भएमा क्षति कम हुने गर्दछ ।
आगलागिका घटनाका विषयमा नगरपालिका सदा संवेदनसिल रहेको चन्दननाथ नगरपालिका जुम्लाका कार्यबाहक मेयर नबराज देवकोटाले बताए । यो अभ्यासले नागरिकलाई विपद जोखिम न्यूनीकरण गर्न परिपक्व बनाउन सक्ने उनको भनाई छ। उनले भने; विपद्का क्षेत्रमा नगरपालिकाले ठुलो रकम विनियोजन गरेको छ।
अभ्यास मार्फत आगलागिबाट सचेत हुने उपायका विषयमा नागरिकलाई जागरुक बनाउन खोजिएको चन्दननाथ नगरपालिका जुम्लाका विपद् शाखा प्रमुख लक्ष्मीचन्द्र न्यौपानेले भनाई छ। यति मात्र नभई सम्बन्धित शाखाले बेला बखत नागरि सचेतनामुलक कार्यक्रम गर्दै आएको उनलेबताए।












विश्व प्रकाश । २०८१ माघ ८