जुम्लाको तातोपानी गाउँपालिकामा शिक्षा संवाद कार्यक्रम सम्पन्न

जुम्लाको तातोपानी गाउँपालिकामा किर्डाक नेपाल र तातोपानी गाउँपालिकाको संयुक्त आयोजना, सेभ द चिल्ड्रेन को आर्थिक तथा प्राविधिक सहयोग, र कर्णाली शिक्षा पत्रकार समूहको सहजिकरणमा सहयात्रा तेस्रो परियोजना अन्तर्गत शिक्षा संवाद कार्यक्रम गरिएको छ।

उक्त कार्यक्रममा गाउँपालिकाका प्रतिनिधि तथा कर्मचारी, नागरिक समाज, पत्रकार, बालक्लवका पदाधिकारी लगायत सम्पुर्ण सरोकारवालाहरुको उपस्थित रहेको थियो।

संवादमा पालिका भित्रका विधालयहरुलाई कसरी गुणस्तरिय बनाउने भन्ने विषयमा छलफल गरिएको थियो । विधालयको भौतिक स्थिती, शैक्षिक स्थिती, खानेपानी, शौचालय लगायत गुनासो पेटिकाको पुर्ण रुपमा लागु हुन पर्ने साँझा विषयलाई संवादमा उठान गरिएको हो।

यो कार्यक्रम पश्चात तातोपानी गाउँपालिका भित्रका सम्पुर्ण विधालयहरुलाई उत्कृष्ट विधालय बनाउने तातोपानी गाउँपालिकाका उपाध्यक्ष रेवती रावलले बताएकी छन् । उनले भनिन्: यो कार्यक्रम हाम्रो पालिकामा दोस्रो पटक हुँदैछ। यस्ता कार्यक्रमहरु बाट हामीले निकै सकारात्मक सुझाव पाएका छौँ।

विधालयमा भएको राजनीतिकरणलाई नियन्त्रण गर्न आफ्नो पहल रहिरहेको उक्त गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चौलागाईले बताएका छन्। उनले भने: बिधालयका हुने राजनीतिलाई हटाउन शिक्षक तथा कर्मचारीका विभिन्न संगठनहरु खारेज गर्न जरुरी छ।

आगामी दिनमा विधालयमा राजनीति गरिएको पाईएमा कानुनि कार्वाही समेत गरिने अध्यक्ष चौलागाईले स्पष्टिकरण दिएका छन्।

प्रकाशित मितिः   २०८२ जेष्ठ १७ at 10:30 am 

  • कमेन्ट (Comment)