निजि लगानिमा पहिलो चोटी रारा तालमा महोत्सव हुने  

मुगु। टमुगुमा कला, संस्कृति भेषभुषा र पर्यटनको उत्सव सहित प्रथम रारा महोत्सव हुने भएको छ ।कर्णालीको प्रमुख पर्यटकिय स्थल राराको पर्यटन प्रवर्धन र मुगु जिल्लाको कला सस्कृती भेषभुसाको संरक्षण र प्रचारप्रसारका लागि प्रथम रारा महोत्सव हुने भएको हो।

एच आर मिडिया प्रा.लिको आर्थिक सहयोग र राष्ट्रिय तथा स्थानिय कलाकारहरुको सहभागितामा प्रथम रारा महोत्सव गर्न लागेको शुक्रबार पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी गराएको हो । महोत्सव आगामी जेठ १८ देखि ३१ गते सम्म सञ्चालन हुनेछ ।

रारातालको पर्यटन प्रवधर्न गर्न र मुगु जिल्लाका कला, संस्कृति भेषभुसाको उजागर तथा प्रचारप्रसार गर्ने उदेश्य सहित महोत्सव आयोजना गर्न लागिएको एच आर मिडिया प्रा.लि ले जनाएको छ ।

राराको पर्यटकिय सम्भावना र मुगुको सांस्कृतिक क्रियाकलापको प्रस्तुति सहित स्थानीय उत्पादन बजारिकण संग केन्द्रित रहने छ। मुगुमा उत्पादन हुने वाणिज्य र औद्योगिक सामाग्रीको बजारीकरण, यहाँको कला, सांस्कृतिक भेषभुसा र परम्पराको संरक्षण र रारा तालको पर्यटन क्षेत्रको प्रवर्धनका लागि महोत्सव गर्न लागीएको महोत्सवका अध्यक्ष नरेश भामले बताएका छन् ।

आयोजकका अनुसार महोत्सवमा ४० स्टल राखिने छ। स्टलमा मुगुमा पाइने सबै प्रकारका वाणिज्य र औद्योगिक सामाग्री उपलब्ध हुनेछन्। स्टल राख्दा बाहिरी जिल्लाको भन्दा स्थानीय ब्यापारीलाई ३० प्रतिशतले छुट दिईने छ ।

महोत्सवले राराको पर्यटन मुगुको सांस्कृतिक तथा आर्थिक व्यापार प्रवर्धनका लागि सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रथम रारा महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारको उपस्थिति रहने एच आर मिडिया प्रा.लिका सदस्य सान्ताराम सेन्चुरीले बताए ।

मुगुमा आज सम्म निजि लगानिमा कुनै पनि बृहत महोत्सवको आयोजना भएको छैन । यो महोत्सव पहिलो पटक आयोजना गरिने भएको छ। यस अघि २०५८ सालमा पहिलो र २०६२ साल दोर्सो रारा महोत्सव भएका थिए। उक्त महोत्सवको आयोजना तत्कालिन जिल्ला विकास समितिले गरेको थियो । रारा ताल नजिक छायांनाथ रारा नगरपालिका वडा न ८ को बाम्नी चौरमा रारा महोत्सव हुनेछ ।

यो महोत्सवका लागि कुनै निकायबाट आर्थिक सहयोग नलिइ यहाँका युवाहरुले स्वत स्फुर्त रुपमा आफ्नो निजि लगानी गरि महोत्सवको आयोजना गरेको रारा महोत्सवका सल्लाहकार दिपेन्द्र भामले जानकारी दिएका छन् ।

प्रकाशित मितिः   २०८२ जेष्ठ १६ at 10:11 pm 

  • कमेन्ट (Comment)