नेशनल भोलिन्टियर फोर्स कर्णाली प्रदेश कमाण्डरमा टेकराज आचार्य

नेशनल भोलिन्टियर फोर्स कर्णाली प्रदेश स्तरीय भेला तथा युनिफाइड कमान्ड घोषणा कार्यक्रम  सम्पन्न भएकाे छ । संगठनका केन्द्रीय प्रमुख कमाण्डर क. पुष्पराज श्रेष्ठको प्रमुख अतिथ्यतामा उक्त भेला सम्पन्न गरिएकाे हाे । उक्त भेलाले ३१ सदस्यीय प्रदेश युनिफाइट कमाण्ड निमार्ण  गरेकाे छ ।

राष्ट्रिय युवा संघ कर्णाली प्रदेश अध्यक्ष क. जीवन शाही, सुर्खेत जिल्ला अध्यक्ष क. बासु आचार्य संगठनका केन्द्रीय कमाण्ड सदस्य कमरेडडहरु र अनेरास्ववियु सुर्खेत जिल्ला अध्यक्ष क. प्रतिक शाही लगायत पार्टीका नेताहरूकाे  उपस्थिति रहेकाे थियाे ।

भेलाले क. टेकराज आचार्यलाई प्रमुख कमाण्डर को रुपमा घोषणा गरी कर्णाली प्रदेश अन्तर्गतका १० जिल्ला पार्टी कमिटी नेशनल भोलेन्टेटियर फोर्स निर्माण गरेकाे  नेशनल भोलेन्टियर  फोर्स केन्द्रीय  सह-कमाण्डर संजिव धितालले जानकारी  दिएका छन् ।

उक्त फाेर्स नेकपा एमालेको नयाँ भातृ संगठन  भएकाे क. धितालले  बताएका छन् । धितालका अनुसार गत भदौ २३/२४ गते भएकाे  जेन-जी आन्दोलनपछि नेकपा एमाले र एमालेका श्रदय अध्यक्ष केपि शर्मा वली र अन्य नेतृत्वहरुमाथि चौतर्फी घेरा  भईरहेको बेला संगठन र नेतृत्वहरुको सुरक्षाको लागि गठित नयाँ भातृ संगठन  भएकाे उनकाे भनाइ छ ।

भेलाले क. टेकराज आचार्यलाई प्रमुख कमाण्डर को रुपमा घोषणा गरी कर्णाली प्रदेश अन्तर्गतका १० जिल्ला पार्टी किमटीबाट नाम सिफारिसको आधारमा थप  निर्णय सहित घोषणा गरिएकाे धितालले  बताए ।

उक्त नेशनल भोलेन्टियर  फोर्स  टेकराज आचार्यले अनेरास्ववियु सुर्खेतबाट राजनिती सुरू गरेकाे हुन् । आचार्य युथ फोर्स हुँदै युवा संघ केन्द्रिय कमिटी सदस्य, नेकपा एमाले सुर्खेत जिल्लाको  क्षेत्रीय कमिटी हुदै  नगरकमिटी सदस्य र हाल बि न पा  २ कमिटिको अध्यक्ष रहेका छन् ।

समाजिक सेवामा सक्रिय टेकराज आचार्यले  प्रभात माध्यामिक विध्यालय कोलडाँडाका बिध्यालय व्यबस्थापन समितिका अध्यक्षकाे रूपमा दोस्रो कार्यकाल विताईरहेका छन् । सक्रिय राजनितिमा रहेका आचार्य सुर्खेतकाे बसपार्कमा हाेटेल व्यवसाय पनि सञ्चालन गर्दै आएका छन् ।

सुर्खेतमा स्वस्तिक भान्साघर बाट १०० मा खाना खुवाइहेका छन् । बैदेशिक रोजगारिमा २०१० बाट अफगानिस्तानबाट  स्टवदेशमा नै केही गर्नु पर्छ भन्ने साेचका साथ नेपाल फर्किएका थिए । आचार्य सेवा भावका साथ राजनिती र सामाजिक सेवामा समर्पित एक उदाहरणीय  युवा हुन् । आचार्य युवाहरु माझ सरल,सहयोगी र मिलनसार छवि बनाएका युवा नेता पनि हुन् ।

गठित उक्त फाेर्सले पाटीकाे विचार  र सिद्धान्तलाई युवाहरुको  माझमा पुर्याउने पाटी र नेतृत्वको रक्षा गर्ने कार्य गरेकाे धितालले बताएका छन् ।

नेशनल भोलिन्टियर फोर्स कर्णाली प्रदेश स्तरीय भेला तथा युनिफाइड कमान्ड घोषणा कार्यक्रममा संगठनका केन्द्रीय कमाण्ड सदस्य कमरेडडहरु,यवा संघ र अनेरास्ववियुका र पार्टीका नेताहरु र कर्णाली प्रदेशका १० वटै जिल्लाका  ३०० भन्दा  बढि युवाहरुको  भेलाबाट कार्यक्रम समपन्न भएको छ ।

प्रकाशित मितिः   २०८२ फाल्गुन ३ at 2:42 pm 

  • कमेन्ट (Comment)