जुम्लाका स्कुटर दुर्घटनामा परि एक जनाकाे ज्यान गएकाे छ। साउन २ गते जुम्ला बजारबाट नाग्मा रारालिही तर्फ जाँदै गरेकाे क.प्र.०१-००१प २७८२ नं को स्कुटर आफै अनियन्त्रित हुदाँ साँझ १९:०५ बजेको दुर्घटनामा परेकाे जिल्ला प्रहरी कार्यालयले जुम्लाले जनाएकाे छ ।
दुर्घटनामा परि मृत्यु हुनेमा दैलेख दुल्लु न.पा. ३ बस्ने अन्दाजि ४८ बर्षका मिन बहादुर साउद रहेका छन् । स्कुटर अनियन्त्रित भई सडकको बायाँ साईडमा पल्टिन गई दुर्घटना हुँदा साउद घाइते भएका थिए ।
घाइते साउदलाई उपचारको लागी कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा ल्याइएकाे हाे ।
टाउकोमा गम्भीर चाेट लागेर बोल्न नसक्ने सिरियस अवस्थामा रहेका उनकाे उपचारको क्रममा १९:२० बजे सोही प्रतिष्ठानमा खटिएका चिकित्सकले मृत घोषणा गरेका हुन् ।











कनका खबर । २०८३ साउन २