सरकारको नेतृत्व गर्ने दलको टुंगो लागेपछि एमालेभित्र मुख्यमन्त्रीका आकांक्षी नेताहरुको दौड पनि तीव्र बनेको थियो ।
दलका नेता चितवनका थपलिया र भक्तपुरका थापाले पार्टी नेतृत्वसँग आफ्नो पक्षमा निर्णय गराउन आन्तरिक रुपमा लबिङ तीव्र बनाएका थिए । बागमती सरकारमा यसअघि थपलिया आर्थिक मामिला मन्त्री र थापा स्वास्थ्य मन्त्री भइसकेका छन् ।
केन्द्रमा एमाले र नेकपाबीच नयाँ सहमतिअनुसार अगाडि बढ्ने भएपछि बागमती प्रदेशमा साउन २०८१ देखि नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन भत्किएको छ ।
बागमती प्रदेशसभामा नेपाली कांग्रेसको ३६ सिट, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को २६, नेकपा एमालेको २५, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को १२, नेपाल मजदुर किसान पार्टीको ३ र हाम्रो नेपाली पार्टीको २ सिट छ । निर्वाचित ११० प्रदेशसभा सदस्यमध्ये ६ जनाले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न राजीनामा दिएपछि हाल प्रदेशसभा १०४ सदस्यीय रहेको छ । यो अंकगणित अनुसार बागमतीमा नयाँ सरकार गठनका लागि ५३ जना प्रदेशसभा सदस्यको बहुमत पुर्याउनुपर्ने हुन्छ ।
एमाले र नेकपा मिलेर (५१ सांसद) सरकार बनाउँदा २ सिट अपुग हुन्छ । बहुमत पुर्याउन अन्य साना दललाई सरकारमा सहभागी गराउनु पर्नेछ । जसको लागि राप्रपा निर्णायक देखिन्छ । राप्रपासँग सरकार गठनका सम्बन्धमा छलफल भइरहेको पनि सांसद पौडेलले जानकारी दिए ।











कनका खबर । २०८३ साउन १६