
जुम्लाको चन्दननाथ नगरपालिकाकालाई २५ वटा शैक्षिक मापदण्डका आधारमा मूल्याङ्कन गर्दै प्रिन्सिपल एसोसिएसन अफ नेपालले कर्णालीको उत्कृष्ट पालिका “२०८२” घोषित गरि पुरस्कृत गर्ने भएको छ।
प्रिन्सिपल एसोसिएसन अफ नेपाल (PAN) ले प्रत्येक वर्ष प्रत्येक पालिका हरुलाई मूल्याङ्कन गर्दै वर्षको उत्कृष्ट पालिका पुरस्कार अन्तर्गत पुरस्कृत गर्ने गर्दछ। जसमा यस वर्ष “२०८२” को उत्कृष्ट पालिका पुरस्कार जुम्ला जिल्ला स्थित चन्दननाथ नगरपालिकालाई दिईने भएको हो ।
प्रा.डा. विद्यानाथ कोइरालाको नेतृत्वमा गठित समितिले २५ ओटा शैक्षिक मापदण्डका आधारमा मूल्याङ्कन गर्दा प्रिन्सिपल एसोसिएसन अफ नेपालले उक्त पालिकालाई कर्णालीको उत्कृष्ट पालिका घोषित गरेको हो ।
प्रिन्सिपल एसोसिएसन अफ नेपाल (PAN) को दोस्रो राष्ट्रिय सम्मेलन २०८२ मा उक्त नगरपालिकालाई पुरस्कार ग्रहण गर्न निमन्त्रणा दिएको छ।
उक्त सम्मेलन आगामी जेठ २३ गते सभा गृह, पोखरामा हुने भएको छ। “नेतृत्वका नयाँ परिभाषा विद्यालय उत्कृष्टताका लागि परिवर्तनको अगुवाई” सम्मेलनमा देशभरका शिक्षाविद्, नीति निर्माता, प्रधानाध्यापक, शिक्षक, विद्यार्थी लगायत १००० जना भन्दाबढीको सहभागिता रहनेछ।
:प्रिन्सिपल एसोसिएसन अफ नेपाल केन्द्रीय कार्यालयले चन्दननाथ नगरपालिकालाई पठाएको बधाई तथा निमन्त्रणा पत्र;












विश्व प्रकाश । २०८२ जेष्ठ ६