[१]
१.
साहित्य अनुरागी बन्दै लेखौँ टुक्का
शब्द वाणले हान्न सक्नु पर्छ मुक्का।
२.
लहै लहैमा आफ्नो संस्कार भुल्नु हुन्न
सत्यता ज्ञात भए पछि हृदय छुन्न।
– शर्मिला श्रेष्ठ/ललितपुर
[२]
१.
नाकैमा बुलाकी चम्किलो मुहार
आमालाई सधैँ सन्तानको प्यार।
२.
बोली हो मान्छेको असली परिचय
त्यही बोली कहिले काहीँ हुन्छ भय।
– बुद्धिमान दनुवार(सुरुङ्गेली कान्छो)/झापा
[३]
१.
मनको कुरा आँखाले हेरी मनमा रमायो
जीवन राम्रो हुँदैछ हेर प्रेमले समायो।
२.
खुसीको लह बतासे बनि आउने कसरी
मनको भाका सुसेली हाल्दै राखौँला यसरी ।
– बिकास छेत्री अञ्जान/दार्जिलिङ
[४]
१.
मन शान्त पार्न यहाँ साह्रै गाह्रो पर्ने भयो
अरूकाे भलाई सोच्लान् भन्ने समय नै गयो।
२.
चाहेकी थिएँ मनको कुनामा शान्तिलाई बसाउन
हेरेर वरिपरिको अवस्था थाल्छन् आँखा रसाउन।
– सुस्मिता अधिकारी/काठमाडौं
[५]
१.
दुःख र सुख कर्ममा हुन्छ भाग्यमा हुँदैन
पौरखीलाई निष्फलताले कहिल्यै छुँदैन।
२.
भाग्यलाई दोष दिएर मात्र भइन्न सफल
निरन्तर राख विश्वास आफ्नो कर्ममा अटल ।
– ज्ञानबहादुर क्षेत्री/अर्घाखाँची
कनका खबर । २०८१ जेष्ठ १२