कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले सर्वलदिय, सर्वपक्षीय छलफल तथा सुझाव संकलन कार्यक्रम गरेकाे छ । प्रतिष्ठानमा देखिएका विद्धमान समस्या, भावि याेजनाहरूकाे बिषयमा केन्द्रित रहेर उक्त कार्यक्रम गरिएकाे हाे । जिल्ला स्थित राजनितिकदल,सराेकारवाला, सरकारी निकायमा प्रमुख , पत्रकारहरूकाे उपस्थिति रहेकाे थियाे । प्रतिष्ठानका शिक्षाध्क्ष डबल धामीले गुण्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने रहेकाे बताएका छन् । उनले प्रतिष्ठान शिक्षा स्वास्थ्य र अनुसन्धानमा अब्बल रहेकाे बताए । कर्णाली जस्ताे दुर्गम क्षेत्रमा सर्व सुलव सेवा प्रदान गर्ने मुख्य उद्वस्य रहेकाे बताएका छन् । विभिन्न प्राेग्राम मार्फत दक्ष चिकित्सक उत्पादन गर्दै आएकाे छ । हाल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विभिन्न क्षेत्रमा ५०० भन्दा बढि बिध्यार्थीहरू अध्ययनरत रहेकाे छन् । 120 भन्दा बढि दक्ष चिकित्सकले दैनिक सेवा दिने गरेकाे धामीकमे भनाई छ दिक्षान्त समाराेहमा ५८ जना भन्दा बढी विध्यार्थीहरू दिक्षित भएका छन् । प्रतिष्ठानले कक्षाकाेठाबाट समुदायसम्म शैक्षिक कार्यक्रम सञ्चालन गरिएकाे छ धामीले बताएका छन् । प्रतिष्ठान जुम्लाकाे शैक्षिक धराेहरकाे केन्द्रका रूपमा रहेकाे छ । प्रतिष्ठानलाई अन्तरास्ट्रिय स्तरकाे उत्कृष्ट शैक्षिक विस्वविध्यालय बनाउने लक्ष्य रहेकाे उनकाे भनाई छ । दुर्गममा क्षेत्रमा सञ्चालित यश प्रतिष्ठानले विभिन्न समस्याका बिच पनि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएकाे छ। हाल प्रतिष्ठानमा अध्ययनरत बिध्यार्थीहरू काउन्सिल परिक्षामा सत प्रतिशत नतिजा ल्याउन सफल भएकाे धामीले बताएका छन् । उक्त कार्यक्रममा उपस्थित भएका सहभागिहरूले प्रतिष्ठानमा कार्यरच रहेका चिकित्सकहरूलाई लामाे समय जिल्लामा बस्ने वातावरण निर्माण गर्न,बिमाबाट सेवा लिन आउने बिमकहरूले पूर्णरूपमा सेवा पाउन नसकेकाे, अस्पताल फार्मेसीमा अौषधीकाे अभाव देखाउने समस्याको अन्त्य गर्नु पर्ने जस्ता सुझाव दिएका छन् । वर्तमान समयमा अस्पताल रिफरल सेन्टरमा स्थापित रहेकाले याे समस्या हटाउनु पर्ने, पछिल्लाे समय प्रतिष्ठान कर्मचारी भर्ति केन्द्रकाे रूपमा रहेकाले कर्मचारी समायाेजनकाे कार्य गरिनुपर्ने सुझाव दिएका छन् ।
अस्पतालबाट निस्कने फाेहाराेलाई नगरपालिकासँग समन्वय गरेर त्यसकाे व्यवस्थापन गरिनु पर्ने,opdसेवालाई विस्तार गरिनु पर्ने सुझाव सहभागीहरूले दिएका छन् ।
अस्पतालमा उपचारका लागि आउने बिरामी र कुरूवाकाे सुरक्षाकाे वातावरण व्यवस्थापन गर्नु पर्ने, सुझाव संकलनमा नाममा विज्ञापनकाे काम नगर्न पनि सराेकारवलाहरूले सुझाव दिएका छन् ।
प्रतिष्ठानमा राजनितीकरणकाे अन्त्य नभएसम्म अस्पतालमा देखिएका समस्याहरू समाधान हुन नसक्ने सहभागिले बताएका छन् । सेवा प्रहवाहमा असमानता,जनगुनासाेकाे सम्बाेधन, पुजीवादी साेचकाे अन्त्य हुनु पर्ने,आकस्मिक सेवामा प्रभावकारी सेवा प्रवाहमा विशेषरूपमा गरिनुपर्ने बताएका छन् ।
प्रतिष्ठानमा संस्थागत सुसाशन, पारदर्शिता कायम कर्मचारी अनुशासन हुनुपर्ने, अध्यापनका दरलागि आउने बिध्यार्थीहरूलाई सुरक्षित आवासकाे व्यवस्थापन गर्ने पर्ने सुझाव दिएका छन् ।
प्रतिष्ठान स्थापना भएकाे १४ बर्ष पुरा गर्दै गर्दा यसका चुनाैती र व्यवधानहरूकमे पहिचा गरि समस्याकाे समनधान गर्नुपर्ने, राजनितिक व्यवस्थामा परिवर्तन हुन आवस्यक देखिएकाे सराेकारवालाले सुझाव दिएका छन् ।
प्रतिष्ठानमा कार्यरत कर्मचारीहरूमा विभेद देखिएकाेले यसकाे समाधान गरिनुपर्ने सुझाव लिएका छन् । प्रसाशन सेवा प्रवाह चुस्तर दुरूसत हुनु पर्ने,खरिद प्रक्रियामा पारदर्शी हुनु पर्ने सुझाव दिएका छन् ।
सर्वपक्षीय सर्वदलीय छलफलबाट प्राप्त भएका सल्लाह सुझावलाई प्रतिष्ठानले आत्मसात् गर्दै लैजाने प्रतिष्ठानले प्रतिबद्धता जनाएकाे छ ।











कनका खबर । २०८२ चैत्र ११