
जुम्ला। राष्ट्रिय वाणिज्य बैंक लिमिटेड जुम्लाले बैंकको ६१ औं वार्षिकोत्सवमा ३ विधामा ७ जनालाई सम्मान गरि भब्यताका साथ मनाइएको छ।
जुम्ला शाखामा वचत गरि अधिकतम डिजिटल कारोबार गरि बैंकलाई मद्दत गर्ने जुम्लाका जनक राज न्यौपानेलाई सम्मान गरेको हो । भने उत्कृष्ट ऋणी ३ जना र उत्कृष्ट बचतकर्ता ३ जनालाई सम्मान गरेको हो।

बैंकलाई हरदम सहयोग गर्ने कारोबार दाताहरुलाई धन्यवाद दिँदै आगामी दिनमा कारोबार निरन्तरता दिन शाखा कार्यालय जुम्लाका प्रबन्धक भवानी प्रसाद पौड्यालले आग्रह गरेका छन्।
उनले भने: बैंकलाई डिजिटल माध्यमबाट थप प्रगतिका चरणमा प्रवेश गर्न हामी प्रयासरत छौं। यसको सफलताको लागि ग्राहक महानुभावहरुले पनि हातेमालो गर्न आवस्यक देखिन्छ।
विगतका समयमा भएका कमिकमजोरीलाई आत्मसात गर्दै आगामी दिनमा ग्राहकहरुको बैंकिङ कारोबारलाई सहज बनाउन र जुम्ला शाखालाई उत्कृष्ट शाखाका रुपमा स्थापित गर्न लागि पर्ने शाखा प्रबन्धक पौड्यालले संकल्प लिएका छन्।












विश्व प्रकाश । २०८२ माघ १०