जुम्ला: जुम्लामा राजनीतिक इतिहासमा पहिलोपटक दलित महिला प्रतिनिधि सभाको समानुपातिक शीर्षसूचीमा उम्मेदवार परेकी छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को तर्फबाट दलित महिलातर्फ बिपना नेपाली महिला क्लस्टर (पि.क्षे. महिला १ नम्बर) मा तथा दलित पुरुषतर्फ बल बहादुर बस्याल पानसय दराबाट समानुपातिक सूचीमा परेका छन्।
यससँगै खसआर्य पुरुषतर्फ जयन्त महत (बजार क्षेत्र) र खसआर्य महिलातर्फ कमला कुमारी बोहरा बिष्ट (चौधबिस दरा) पनि सूचीमा समावेश भएका छन्।
यस निर्णयले समावेशी राजनीति, सामाजिक न्याय र दलित समुदायको राजनीतिक सशक्तीकरणलाई थप बल पुगेको राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले बताए।
उनका अनुसार प्रतिनिधि सभामा पुगेर जनताको आवाज, हक, अधिकार र विकासका मुद्दा प्रभावकारी रूपमा उठाउने उद्देश्यसहित सूची सार्वजनिक गरिएको छ।
राप्रपाबाट जुम्लाकी बिपना नेपाली समानुपातिक शिर्षक सूचिमा











कनका खबर । २०८२ पुष १६