एमालेकाे दाेस्राे केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी र पोलिटब्युरो गठन गर्ने

काठमाडाैं : नेकपा एमालेकाे दाेस्राे केन्द्रीय कमिटी बैठकले मनोनयन, स्थायी कमिटी र पोलिटब्युरो गठन गर्ने भएकाे छ। दाेस्राे केन्द्रीय कमिटी बैठक पुस २६ देखि २८ गते बस्ने तय भएकाे छ।

११औँ महाधिवेशनपछि शुक्रबार बसेको पहिलो बैठकले दाेस्राे बैठककाे मिति तय गर्दै एजेण्डा पनि तय गरेकाे केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए। केन्द्रीय कमिटीको एक तिहाइ पोलिटब्युरो र पोलिटब्युरोको एक तिहाइ स्थायी कमिटी बनाउने व्यवस्था एमालेले विधानमा गरेकाे छ। एमालेको केन्द्रीय कमिटी ३०१ सदस्यीय रहेको छ।

यस्तै एमालेले केन्द्रीय कमिटीबाट बिदा भएका सदस्य र पदाधिकारी समेटेर केन्द्रीय सल्लाहकार परिषद् गठन गर्नेछ भने एक साताभित्र संशाेधित विधान प्रकाश गर्ने भएकाे छ। शुक्रबारको बैठकमा महासचिव शंकर पोखरेलले यसबारे जानकारी गराएका हुन्।

प्रकाशित मितिः   २०८२ पुष ४ at 5:19 pm 

  • कमेन्ट (Comment)