
जुम्लाको तातोपानी गाउँपालिकामा एउटै कुकुरको आक्रमणले गाउँ आतंकित बनेको छ। बिहीबार बिहान डाँगीबाडाबाट सुरु भएको सो कुकुरको आक्रामक यात्राले डाँगीबाडा, गौतमबाडा र हाँकु गाउँका १४ जनालाई घाइते बनाएको हो।
टोकेकाहरूमा दुई वर्षीया बालिका सभ्यता हमालदेखि ७९ वर्षीय वृद्ध सर्केनी बुढासम्मका स्थानीय छन्। सबै घाइतेलाई प्रारम्भिक उपचारपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भर्ना गरिएको छ।
प्रतिष्ठानका इमर्जेन्सी विभाग प्रमुख डा. जितेन्द्र भण्डारीका अनुसार सबैलाई इमिनोग्लोबोलिन खोप आवश्यक छ तर जुम्लामा खोप नहुँदा समस्या उत्पन्न भएको छ। उनले भने, “कालिकोटमा औषधि रहेको सुनेका छौँ, नेपालगन्जबाट पनि मगाउने तयारी भइरहेको छ।”
उनका अनुसार केही घाइतेका घाउ गहिरा भएकाले टाँका लगाउन नसकिने अवस्था छ र भर्ना गरेर उपचार भइरहेको छ।
अचानकको घटनाले स्थानीयहरूमा त्रास फैलिएको छ। सो कुकुरबारे प्रहरीले थप अनुसन्धान गरिरहेको र नियन्त्रणमा लिन प्रयास जारी रहेको जनाएको छ। कुकुरा स्थानीय धन बहादुर सार्किको रहेको र स्थानीयले उक्त कुकुर मारि सकेको स्थानीयले जानकारी दिए ।











कनका खबर । २०८२ भाद्र २९