
४३औँ बीपी कोइराला स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस जिल्ला कार्य समिति, जुम्लाले बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छफ। मानवतावादी विचारधारा बोकेका बीपी कोइरालाको योगदानलाई स्मरण गर्दै सोमबार आयोजित कार्यक्रममा १६ जनाले रक्तदान गरेका छन् ।
कार्यक्रमको अध्यक्षता नेपाली काँग्रेस जुम्लाका कार्यबाहक सभापति दिपक शाहीले गरेका थिए भने प्रमुख अतिथिका रूपमा दिनवन्दु श्रेष्ठको उपस्थिति थियो । कार्यक्रममा प्रदेश सभा सदस्य एवं काँग्रेस नेता देवेन्द्र बहादुर शाही, नेपाली काँग्रेस जुम्लाका सभापति कर्ण बहादुर शाही, उपसभापति कार्मा बुढा, विभिन्न भातृ तथा शुभेच्छुक संगठनका नेता, कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।
रक्तदान कार्यक्रमले बीपी कोइरालाको ‘राष्ट्रवाद, लोकतन्त्र र समाजवाद’ माथि आधारित विचारलाई व्यवहारमा उतार्न प्रेरणा दिने नेपाली काँग्रेसका नेताहरूले बताएका छन् । उनीहरूले
रक्तदान जस्ता समाजसेवामूलक गतिविधिबाट पार्टीको सामाजिक उत्तरदायित्व पूरा गर्न सकिने बताएका थिए ।
कार्यक्रमले बीपी कोइरालाको स्मृतिमा जनसेवामुखी क्रियाकलाप सञ्चालन गर्दै काँग्रेसको मूल मर्मलाई अझ सशक्त बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।











कनका खबर । २०८२ साउन ६