कर्मचारीको सरुवा चक्रीय प्रणाली अनुसार हुनुपर्छ

नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोइरालाले कर्मचारीको सरुवा चक्रीय प्रणाली अनुसार हुनुपर्ने बताएका छन्।

एउटा कर्मचारीले देशका सबै भूगोलको अनुभूति गर्ने र कसैले विभेद गरेको अनुभूति नगर्ने गरि सरुवामा चक्रीय प्रणाली लागू हुनुपर्ने उनको भनाई छ।

‘कर्मचारीका तमाम समस्या संगठनिक तवरबाट समाधान गर्ने गरि संयन्त्रको विकास गरेका छौं,’ उनले भने, ‘धेरै अवस्थामा हामीले नतिजा समेत दिएका छौं।’

नेकपा एकालेका केन्द्रीय सदस्य रतननाथ योगीले नेकपा एमाले र नेपाल निजामती कर्मचारी संगठनबाट मात्रै देशको हित हुने बताएका छन्।

राष्ट्र सेवक सहकारी संस्थाको आठौं साधारण सभा तथा नेपाल निजामती कर्मचारी संगठनको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य योगीले दशको हितमा भएको हुनाले देशी विदेशी शक्तिबाट चौतर्फी घेराबन्दी भइरहेको बताएका हुन।

‘नेपाल निजामती कर्मचारी संगठन नेपालमा स्थापित कर्मचारीहरुका पनि नेता संगठन भएको हुनाले कर्मचारीमाथि भइरहेको विभेद हटाउने मामलामा नेतृत्व सचेत भएर लाग्नुपर्छ,’ उनले भने, ‘अहिले संघ, प्रदेश र स्थानीय तहका कर्मचारी विभेद हुन नदिने गरि लाग्नुपर्छ।’

राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्थाको आठौं साधारण सभाको अवसरमा नेपाल निजामती कर्मचारी संगठनले आइतबार एक प्रशिक्षण कार्यक्रम गरेको जिल्ला अध्यक्ष गणेश आचार्यले बताए। ‘हाम्रो कार्यक्रमले कर्मचारीहरुको हकहित, सेवा गर्ने भावना र संघीय निजामती सेवा विधेयकबारे छलफल हुनेछ,’ उनले भने।

उनका अनुसार प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा जिल्ला स्थित कर्मचारी संगठनका सदस्य तथा नेताहरुको उपस्थिति रहेको थियोे।

प्रकाशित मितिः   २०८१ बैशाख ३० at 4:58 pm 

  • कमेन्ट (Comment)