नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज काठमाडौंको खुलामञ्चमा उदघाटन हुँदैछ ।
भोलि र पर्सि बन्दसत्र सञ्चालन हुनेछ । महाधिवेशनको बन्दसत्र पनि खुलामञ्चमै हुने उपसभापति विश्वप्रकाश शर्माले जानकारी दिए ।
बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले अलग–अलग प्रतिवेदन प्रस्तुत गर्नेछन् ।
ती प्रतिवेदनमाथि भूगोलका आधारमा प्रतिनिधिलाई समूह विभाजन गरी छलफल गराउने तयारी कांग्रेसको छ ।
बन्दसत्रमा ७ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने भएकाले एउटा हलमा करिब ३ हजार प्रतिनिधि अट्ने गरी तीनवटा हलको तयार पारिएको नेपाली कांग्रेसले जनाएको छ ।











कनका खबर । २०८३ असोज १८