
जुम्लाको तिला गाउँपालिका वडा नं ६ स्थित घाेडे महादेव स्वास्थ्य चाैकीमा संचालित नि:शुल्क स्वास्थ्य शिविरबाट २ सय ६९ जनाले सेवा लिएका छन् ।
उक्त शिविर जनतासंग अध्यक्ष,उपाध्यक्ष कार्यक्रम अन्तर्गत तिला गाउँपालिका स्वास्थ्य शाखाद्वारा संचालित गरिएको हो।
दुई दिन सम्म संचालित उक्त शिविरमा महिला र पुरुषका विभिन्न स्वास्थ्य समस्या जाँच गरिएकाे हो ।
उक्त शिविरमा स्त्रीराेग,नसा राेग,हाडजाेर्नी सम्बन्धी उपचार गरिएकाे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक डाक्टर पुजन राेकायाले बताए ।
उनले भने; अधिकांश महिलामा तल्लाे पेट दुख्ने,पाठेघर सम्बन्धि समस्या देखिएकाे छ । साथै उपचार गराउने मध्य धेरेै जनामा प्रेसर समेत देखिएकाे छ, भने कम्मर दुख्ने,घुँडा दुख्ने,दम, लगायतका समस्या भएका विरामी बढी भेटिएकाे डाक्टर राेकायाले जानकारी दिए ।
दुर्गम घाेडेमहादेवमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विशषज्ञ डाक्टरबाट उपचार पाउँदा स्थानीय खुसी भएका छन् । घरमा डाक्टर ल्याएर उपचारकाे वातावरण बनाउने गाउँपालिकालाई धन्यबाद समेत दिएका छन् ।
शिविरका तस्वीरहरु:












कनका खबर । २०८२ बैशाख १३