टुक्का कविताहरू


[१]
१.
बाचा कसमका पोकापोकी मैलियो
देशमा निराशा र वितृष्णा फैलियो ।
२.
कदम गलत बाटोमा थियो थाहै भएन
सबै कुराहरू सकिए बाँकी केही रहेन ।
✍️ रचना शर्मा ‘प्रतीक्षा’/ललितपुर

[२]
१.
जसले सत्य बाेल्छ हुन्छ उसलाई फाइदा
सबैको विश्वासीलाे पात्र हुनु लाग्छ काइदा ।
२.
मानिसको जिन्दगी एकदिन मरेर जाने चाेला
मरेपछि दाहा संस्कार गर्न अवस्य लान्छ खाेला ।
✍️ राज कुमार राजभण्डारी/खाेटाङ्गे
मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।

[३]
१.
ओठकाे मुस्कानलाई धन मान्नु
यो धनले संसार जितेको ठान्नु ।
२.
हाँसाेले जिन्दगी पगालिन्छ रोए अँगालिन्छ
आँसुले पोल्छ मुस्कानले जीवन सँगालिन्छ ।
✍️ हन्नाह छेत्री/दार्जिलिङ

[४]
१.
सरकारी अङ्गहरू भएका छन् भ्रष्ट,
जनताले बुझेका छन् आँखा खोली प्रष्ट ।
२.
राम्रो सोचौँ भन्दा भन्दै नसकिने भेटाउन
गरिबीको रेखा पनि सकिएन मेटाउन ।
✍️ महेन्द्र मान बलामी/काठमाडौं

[५]
१.
हुन सक्छ तिम्रो खुसी मेराे पनि खुसी
यति खुसी हुँदा पनि किन रुन्छ्याै मुसी ।
२.
सन्तानलाई खुवाएर आमाले बचेको खाना खाइन्
आफ्नाे ज्यान नै जाेखिममा राखेर छाेराछाेरी बचाइन् ।
✍️ भवानी पाेखरेल’बाबू विराज’/कपिलवस्तु
जय टुक्का! जय साहित्य!!

प्रकाशित मितिः   २०८१ बैशाख २९ at 6:12 pm 

  • कमेन्ट (Comment)