टुक्का कविताहरु

१.

किन होला मेरो मात्रै भाग्य रहेछ खोटो

जता जान्छु सबैको मन किन देख्छु छोटो ।

२.

न त तेरो न मेरो सबै पर्छ छोडेर जानु

जो भएको मानो र मुठी बाँडि सबैले खानु ।

✍️ सञ्जना शर्मा/लमही दाङ

 

 

१.

भारी वर्षा, चर्को घामले रोकेन कहिले

परिश्रमी हाम्रा पुर्खा नमुना छन् जहिले ।

२.

विज्ञान र प्रविधिको ज्ञान तिनलाई थियो

सन्तानको संरक्षणमा बने बलियो मियो ।

✍️ पद्मा काश्यप पाण्डे/मोरङ

 

माया भन्ने चिजै स्वार्थी देखे मात्र लाग्ने

अमूल्य त प्रेम हुन्छ भाेक निद्रा भाग्ने ।

प्रेम अनायसै हुन्छ पछि हुन्छ थाहा

प्रेमलाई त्यसैले त सबै भन्छन् आहा ।

✍️ शम्भु गजुरेल/सिन्धुली

 

१.

आउनै छाडेउ किन तोड्यौ र नाता ?

प्यासले छट्पटिएकी छिन् धर्ति माता ।

२.

आऊ पानी बजाउदै बिजुलीका बाजा

तिमी बिना भौतारिँदै छन् बादल राजा ।

✍️ पुष्पा सुवेदी/नेपालगन्ज, बॅाके ।

 

१.

सत्यमेव जयते, कानुन सत्य धर्मको तुलो

पाप पुण्य ख्याल गर्नु, धन बल हुँदैन ठुलो ।

२.

डोकोमा सपना नआटे पछि शहर हिँडेको बिरे

जवानी लिलाम गरेर, कठै खाली हात घर फिरे ।

✍️ बि के मुखिया /दार्जिलिङ

प्रकाशित मितिः   २०८१ असार १ at 7:39 pm 

  • कमेन्ट (Comment)