नेबिसंघको स्थापना दिवसको अवसरमा जुम्लामा गरियो रक्तदान कार्यक्रम 

नेपाल विद्यार्थी संघको ५६ औं स्थापना दिवसको अवसरमा नेपाल विद्यार्थी संघ जुम्लाले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

हाल सम्म पनि जुम्लामा अवस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ब्लड बैंक नहुँदा आवस्यक परेका बेला बिरामीले रगत नपाएको अवस्था छ। सोहि परिस्थितिलाई केहि टेवा पुर्याउने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको नेपाल विद्यार्थी संघ जुम्लाका सभापती महेश हमालले बताए।

कार्यक्रममा जम्मा ११ जनाले रक्तदान गरेका हमालले जानकारी दिएका छन्। प्रतिष्ठान स्थापना भएको लामो समय सम्म ब्लड बैंक स्थापना हुन नसक्नु दुखको बिषय रहेको उनको भनाई छ।

संगठनमा आबद्ध नया अनुहार हरुले सेवाको भाव बुझ्न जरुरी रहेको उनले बताएका छन्। बिभिन्न समयमा नेबिसंघ जुम्लाले समाज सेवाका कार्यहरु गर्दै आएको हमालले उल्लेख गरेका छन्।

प्रकाशित मितिः   २०८२ बैशाख ६ at 10:05 pm 

  • कमेन्ट (Comment)