वैदिक सनातन धर्मावलम्बीहरूले आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी ‘श्रीकृष्णजन्माष्टमी’ पर्व श्रद्धा र भक्तिपूर्वक मनाउँदै छन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने भगवान् श्रीकृष्णको जन्म द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको विश्वासका आधारमा आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भन्ने गरिन्छ।
जन्माष्टमीका अवसरमा देशभरिका कृष्ण मन्दिरहरूमा भगवान् श्रीकृष्णको विशेष पूजा, प्रवचन र भजन कीर्तन गरिँदै छ । यस दिन विशेष गरी महिला तथा पुरुषहरू ‘व्रत’ बस्ने र रातभर जाग्राम बसेर भगवान्को भक्ति गर्ने प्रचलन छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट मानव जातिलाई जोगाउन भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रहन र सत्कर्म गर्न मानव समुदायलाई प्रेरित गरेका थिए ।











कनका खबर । २०८३ भाद्र १९