तातोपानीमा नागरिक समाज सञ्जाल बैठक तथा समीक्षा कार्यक्रम सम्पन्न 

सेभ द चिल्ड्रेनकाे सहयाेग, किर्डाक नेपालद्वारा सञ्चालन सहयात्रा तेस्राे परियाेजनाकाे सहजीकरणमा ताताेपानी गाउँपालिकास्थित तातोपानी धाराको प्राङ्गणमा नागरिक समाज सञ्जाल बैठक तथा समिक्षा कार्यक्रम सम्पन्न गरिएको छ।

विभिन्न परियाेजनाले गर्ने र गरिरहेका कामका बारेमा उक्त बैठकमा समीक्षा गरिएकाे हो । उक्त कार्यक्रममा सहयात्रा तेस्राे परियाेजना,रेरास परियाेजना, पेश नेपाल, सर्वाेदय नेपाल जुम्ला,पाेषण सुरक्षा केन्द्र र विश्व खाद्य कार्यक्रमले सन २०२४ मा लागु गरेका कार्यक्रम र प्राप्त उपलब्धि प्रस्तुत गरिएको छ।

बाल अधिकार शासन र बाल संरक्षण,याैन तथा प्रजनन स्वास्थ्य अधिकारबारे सहयात्रा तेस्राे परियाेजनाका निमित्त परियाेजना व्यवस्थापक प्रकाश बहादुर शाहीले बाल अधिकार शासन र बाल संरक्षणका लागि काम गर्दै आएकाे बताए । उनका अनुसार परियाेजनाले ताताेपानीमा रहेका विपन्न, असहाय तथा जाेखिमयुक्त बालबालिकाहरूलाई सहयाेग गरिरहेकाे छ ।

उनले भने; व्यक्तिगत र सामुहिक रूपमा मनाे सामाजिक परामर्श दिइरहेका छाै ।उनले थपे; २५० जनालाई खाद्यान्न वितरण गरिएकाे छ । ३३५ ले लत्ताकपडा प्राप्त गरेका छन् । २८ जना अति जाेखिमयुक्तलाई सहयाेग गरिएकाे छ ।

वडामा बाल सुधार,बालिकाहरूलाई खेलकुदमा जागरूक गराउन, विभिन्न सामग्री वितरण गरिएको उनले बताएका छन्। बालबालिकाका लागि बाल काेष स्थापना गर्नुका साथै सुत्केरीलाई चिसाेबाट बचाउन बेबी सेन्टर स्थापना गरिएकाे उनकाे भनाई छ ।

परियाेजनाले शिक्षा र जलवायु परिवर्तनबारे गरेका प्रगति प्रतिवेदन प्रस्तुत गर्दै शिक्षा संयाेजक खेमराज लामिछानेले बालविकास केन्द्रका शिक्षकलाई क्षमता विकासका तालिम, विद्यालय सुधार याेजना बनाउने,एकिकृत पाठ्यक्रम लागु गर्ने सम्बन्धि तालिम लगायतका कार्यक्रम गरिएकाे बताए । उनका अनुसार विद्यार्थी, विद्यलयलाई विभिन्न सामग्री सहयाेग गरिरहेकाे छ ।

ताताेपानीमा साझेदारी सहयाेग केन्द्र पेश नेपालद्वारा याैन तथा प्रजनन स्वास्थ्यका लागि मर्यादित महिनावारी परियाेजना सञ्चालित रहेको परियोजना अधिकृत देवकी विष्टले बताईन्।

उक्त परियाेजना तातोपानीका २,५ र ६ वडामा लागु भइरहेकाे बिष्टले बताएकी छन्। उनकाअनुसार वडा नम्बर २ मा ३ वटा आमा समूह १ बुवा समूह, वडा नम्बर ५ मा ३ वटा आमा समूह र १ युवा क्लव र वडा नम्बर ६ मा ४ वटा आमा समूह २ युवा क्लव र १ बुवा समुह रहेकाे छ।

सर्वाेदय नेपाल जुम्लाले महिला सशक्तीकरणका लागि दीगो विकासका कार्यक्रम लागु गरेको छ । कृषि प्राविधिक सुरबहादुर राेकायका अनुसार परियाेजनाले स्वास्थ्य शिक्षा र कृषिमा काम गरिरहेकाे छ। तातोपानी गाउँपालिका वडा नम्बर ७ र ८ मा लागु भएको रोकायले बताएका छन्। यस्तै,एमडिआई नेपाल,रेरास परियाेजना र पाेषण सुरक्षा केन्द्र र विश्व खाद्य कार्यक्रमले आफ्नाे प्रगति सुनाएका थिए ।

प्रकाशित मितिः   २०८१ फाल्गुन ३ at 8:59 pm 

  • कमेन्ट (Comment)