जुम्ला। कर्णाली राजमार्ग अन्तरगत नाग्म-खलंगा सडक खण्ड तातोपानी गाउँपालिका स्थित राँका गाउँ नजिक सुक्खा पहिराे खस्दा कर्णाली राजमार्ग अबरुद्ध भएकाे छ । सडकमा ठुला ढुंगा र माटाे सहितकाे सुक्खा पहिराे खस्दा सडक पूर्ण रुपमा बन्द भएकाे छ । जसकारण दुबै तर्फका सवारी जाममा परेका छन् ।
पहिराे पन्छाउन मेसिन सहित आबश्यक जनशक्ति पहिराे गएकाे क्षेत्रमा पठाईएकाे सडक डिभिजन जुम्लाका प्रमुख दिपेन्द्र चाैधरीले बताए । वर्षाकाे सिजन भएकाेले सडककाे अबस्था बुझेर मात्रै यात्रा गर्न सडक डिभिजनले अनुराेध गरेकाे छ ।










कनका खबर । २०८२ जेष्ठ ३०