
मुगु। मुगुमा क्रियाशिल पत्रकारहरुलाई तीन दिने क्षमता बिकासका लागी आचारसंहिता तथा आचरण सम्बन्धि तालिम सम्पन्न भएको छ। नेपाल पत्रकार महासंघ मुगुको आयोजना र छाँयानाथ रारा नगरपालिकाको आर्थिक सहयोगमा मंगलवार वाट सुरु भएको तालिम आज सम्पन्न भएको छ। उक्त समापन कार्यक्रमको उद्घाटन छाँयानाथ रारा नगरपालिका नगर प्रमुख बिष्णु कुमार भामले गरेका हुन्।
नेपाल पत्रकार महासंघ मुगुका अध्यक्ष अचुत राज भण्डारीले जिल्लामा पत्रकार महासंघको भवन नहुदा पत्रकार महासंघको कार्यालय भाडामा सञ्चालन गर्न कठिनाई भएको हुदा पत्रकार महासंघ मुगुको कार्यालय अहिले झोलामा रहेको बताएका छन् ।
भवन निर्माण र जग्गा खरिदका लागि केही रकम व्यवस्था गरिदिन छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुखलाई अनुरोधपत्र बुझाएका हुन ।
कार्यक्रममा बोल्दै नगर प्रमुख भामले संचार क्षेत्रले नगरको सकारात्मक कार्यको प्रचार र कमजोरीको निरन्तर खवरदारि गर्न आग्रह गरे । उनलेे भने; आफुहरुले निर्वाचित भयदेखी सञ्चार क्षेत्रसंग निरन्तर सहकार्य गर्दै आइरहेका छौं ।
नगरपालिकाले सबै जात,जाति,भाषा र धार्मिक समुदायको हितलाइ केन्द्रमा राखेर काम गरेको नगर प्रमुख भामको भनाइ छ ।
पत्रकार महासङ्घले बुझाएको अनुरोधपत्र बुझ्दै नगर प्रमुख भामले आर्थिक वर्षबाट कार्यान्वयन हुनेगरी बहुवर्षे योजना बनाएर पत्रकार महासङ्घको भवन निर्माणका लागि बजेटको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
छाँयानाथ रारा नगरपालिकाका नगर उपप्रमुख ऐश्वर्या मल्लले मुगुको बिकासमा पत्रकारहरुको सकारात्मक साथ र सहयोग रहेको बताइन् । उनलेे भनिन्; नगरपालिकाले समाबेशीता को सवालमा विभिन्न कामहरू गर्दै आइरहेको र काम गर्ने क्रममा कुनै पक्ष छुटेको भयमा अगामी दिनमा सच्यार अघि बढ्ने छौं।
पत्रकार महासंघ मुगुका संस्थापक अध्यक्ष बिनोद कुमार मल्लले पत्रकारहरुले राज्यका निकायहरुको निगरानी र खवरदारी गर्ने पेशा दाइत्व भुल्न नहुने बताए । साथै पत्रकारिता जगतमा कलम निस्पक्ष सत्य तथ्य प्रमाणमा आधारित रहि कलम चलाउनु पत्रकारिताको धर्म हो र ३ दिने क्षमता अभिवृद्धि जस्ता तालीमहरुले पत्रकारलाई थप हौसला प्रदान हुने मल्लले बताए ।
साथै भण्डारी को अध्यक्षतामा रहेको कार्यक्रममा उपाध्यक्ष जीवन सेजुवाल प्रशिक्षक का साथै स्वागत मन्तव्य तथा सचीव नन्द बहादुर रोकायाको सञ्चालन रहेको थियोे । तालीममा विभिन्न मिडियामा आवद्ध ३३ जना पत्रकारहरुको सहभागिता रहेको थियो ।











मोहन शाही । २०८२ असार ५