हिमा, सिंजा र कनकासुन्दरीका किशोरीहरुलाई “कला नै शक्ति” तालिम प्रदान

जुम्ला। जुम्लाको कनकासुन्दरी गाउँपालिकामा हिमा, सिंजा र कनकासुन्दरीका ३० जना किशोरीलाई शसक्त बालिका परियोजना अन्तर्गत एक दिने “कला नै शक्ति” तालिम प्रदान गरिएको छ।

आत्मसम्मानका लागि सहकार्य, क्याड र पेस नेपाल जुम्लाको आयोजना, कनकासुन्दरी गाउँपालिकाको साझेदारी र प्लान ईन्टरनेशनलको सहयोगमा उक्त तालिम सञ्चालन हो।

तिन औटै पालिका बाट १०-१० जना गरि जम्मा ३० जना किशोरीलाई तालिममा समावेश गरिएको आत्मसम्मानका लागि सहकार्य, क्याड जुम्लाका कार्यक्रम संयोजक राजेश प्रकाश यरीले बताएका छन्।

सहभागी किशोरीहरुलाई चित्र कला मार्फत समाजमा उनिहरुले देखेका सामाजिक कुरितीलाई चित्रण गर्न लगाईएको हो। उक्त तालिम बाट समाजमा घटिरहेका नकारात्मक अभ्यास बारे सहभागीलाई जानकार गराईनु र चित्रकला सिकाउनु तालिमको प्रमुख उदेश्य रहेको येरीको भनाई छ।

बाल विवाह, जातिय बिभेद, घरेलु हिंसा, लैंगिक असमानता, महिनावारी बिभेद लगायत सामाजिक मतभेद बारे सहभागीलाई सचेत गराईएको छ।

सोहि एक दिने तालमा मार्फत सहभागीले सामाजिक कुरीति बारे सचेत रहने तथा चित्रकला पुर्ण रुपमा सिक्ने विश्वास लिईएको छ

प्रकाशित मितिः   २०८२ बैशाख २८ at 6:31 pm 

  • कमेन्ट (Comment)