
जुम्ला, नेकपा (माओवादी केन्द्र) कनकासुन्दरी गाउँपालिका, जुम्लाको दोस्रो अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। अधिवेशनले नयाँ पालिका समिति सर्वसम्मत रूपमा चयन गरेको छ। पार्टीको संगठनात्मक सुदृढीकरण, नेतृत्वको पुनर्गठन र आगामी राजनीतिक कार्यदिशाबारे गहिरो छलफलसहित सम्पन्न अधिवेशनले स्थानीय तहमा पार्टीको भूमिका अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
अधिवेशनबाट अध्यक्षमा मान बहादुर जि.सी. चयन भएका छन् भने उपाध्यक्षमा पूर्ण विक, सर्मिला बुढा बदुवाल र नवराज भट्ट सर्वसम्मत रूपमा चयन भएका छन्। यस्तै, सचिवमा सुसान्त बिटालु, सह–सचिवमा वीर बहादुर बुढा र कोषाध्यक्षमा मुनबिर कार्की निर्वाचित भएका छन्।
कार्यक्रममा पार्टीका विभिन्न तहका नेता, कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। अधिवेशनले पार्टीभित्र एकता, अनुशासन र जनतासँगको सम्बन्धलाई थप मजबुत बनाउँदै आगामी निर्वाचनहरूमा प्रभावकारी भूमिका निर्वाह गर्ने निर्णय गरेको छ।
नव–निर्वाचित समितिलाई बधाई दिँदै नेताहरूले अबको कार्यदिशा जनतालाई केन्द्रमा राखेर स्थानीय विकास र समाज परिवर्तनका अभियानमा केन्द्रित हुने विश्वास व्यक्त गरेका छन्।











प्रकाश उपाध्याय । २०८२ बैशाख २७