
जुम्ला जिल्ला तातोपानी गाउँपालिकाको आयोजना तथा चलचित्र बाेर्डकाे समन्वय र कर्णाली उत्थानशील अभियान नेपालकाे सहजीकरणमा आगामी वैशाख २२ गते महोत्सव ञ्चालन हुने भएको छ ।
सोहि विषयमा बिभिन्न मिडिया बाट समाचार प्रकाशन भएपश्चात् सामाजिक सञ्जालमा उक्त विषयको आलोचना भईरहेको छ। पालिकाले आफ्नै मनोमानीमा कलाकार बोलाई पैंसा खर्च गर्न लागेको जस्ता आपत्तिजनक र बिना आधारका प्रतिक्रिया ब्यक्त गरिएको छ।
उक्त प्रतिक्रिया मार्फत जनमानसमा भ्रम फैलिन नदिन तातोपानी गाउँपालिकामा अध्यक्ष नन्द प्रसाद चौलागाईले स्पष्टिकरण दिएका छन्।
अध्यक्ष चौंलागाईले हामीलाई फोनकल मार्फत बताए अनुसार आउने कलाकारहरु ( प्रदिप खड्का, दिपा श्री निरौला, लगायत) लाई पालिकाले कुनै पनि खालको पारिश्रमिक दिएर ल्याएको होईन ।
उनिहरु कर्णाली फिल्म फेस्टिभलमा उपस्थित हुन मुगु जिल्ला आउने हुँदा तातोपानी गाउँपालिकाको आग्रहलाई स्विकार्दै चलचित्र बोर्डका अध्यक्ष संगको समन्वयमा जुम्ला ल्याईने अध्यक्ष चौंलागाईले बताए।
नितान्त स्थानीय संस्कृति संरक्षण तथा प्रर्वद्वन गर्ने उदेश्यले महाेत्सवकाे आयाेजना गरिएकाे ताताेपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चाैलागाँइले बताए ।
उनले भने; कालाकारहरुलाई परिश्रमीक नदिने र कार्यक्रममा जिल्लालाई प्रवर्द्धन गर्ने सम्बन्धमा वहस गरिने तथा स्थानिय सांस्कृति झल्काउने प्रस्तुति देखाईने छ।
वास्तविकतालाई नकार्दै भ्रामक अभिव्यक्ति तथा सन्देश प्रवाह गर्नेहरुको पछि नलाग्न अध्यक्षले आग्रह गरेका छन्। बिना आधार सामाजिक सञ्जालमा भ्रम फैलाउने तथा आरोप लगाउनेलाई कानुनी कार्बाही समेत गरिने चौंलागईले बताए।











विश्व प्रकाश । २०८२ बैशाख २०