
जुम्लामा करिव १४ महिना बिताएका जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख “प्रहरी नायब उपरीक्षक” छेदिलाल कामतीलाई बिनायक एकिकृत क्लब ( टिपटोय एकेडेमीको शाखा) चन्दननाथ ४ मालाभीडले बिधाई कार्यक्रमको आयोजना गरि सम्मान गरेको छ।
जुम्लामा करिव १४ महिनाको बसाई पुरा गरेका कामतीको काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वर काठमाण्डौमा सरुवा भएको हो। क्लबका जुनसुकै कार्यक्रममा फुटबललाई विशेष उपहार मानिने उक्त क्लबबाट कामतीलाई फुटबल हस्तान्तरण गरि सम्मान तथा बिधाई गरेको सोहि क्लबका बरिष्ठ उपाध्यक्ष दिपेन्द्र विक्रम हमालले बताए।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राम बहादुर शाही, नागरिक समाजका अगुवा सर्पानन्द हमाल, क्लबका अध्यक्ष नरेन्द्र बहादुर मल्ल, क्लबका म्यानेजर महेश हमाल, र बरिष्ठ उपाध्यक्ष दिपेन्द्र विक्रम हमाल लगायत स्थानियको उपस्थिती रहेको थियो।
समाज सुधार र सेवाको माध्यम क्लब हुने भएकाले क्लबको प्रगति र उन्नतिमा आफ्ना पक्ष बाट हुने जति सहयोग गर्न प्रतिबद्ध रहेको प्रमुख जिल्ला अधिकारी राम बहादुर शाहीले बताए। उनले भने; यो क्लबले हालै परिणाम प्राप्त गर्न नसके पनि शसक्त भएर सञ्चालित रहनु नै ठुलो कुरा हो।
जुम्लामा आफुहँदा भए गरेका गतिविधिहरुलाई स्मरण गर्दै डिएसपी कामतीले भने; कर्णाली प्रदेशका दश जिल्लाहरु मध्य उत्कृष्ट काम गर्नेमा जुम्ला एक नम्बरमा परेको थियो । उनले जोडे; मेरो सरुवा भईसक्दा पनि जुम्ला कार्यसम्पादनमा अग्रपंक्तिमा रहोस।
क्लबको उत्तरोत्तर प्रगतीको कामना गर्दै उनले क्लबलाई धन्यवाद ज्ञापन गरेका छन्। जुम्लाको फुटबल जगतमा आफ्नो योगदान रहेको र भाबि दिनमा समेत रहने उक्त क्लबका बरिष्ठ उपाध्यक्ष दिपेन्द्र विक्रम हमालले बताए। बालापनमा जुन चौरमा मोजाको बल खेलिन्थ्यो सोहि चौरमा आज फुटबल एकेडेमी स्थापना गरेर खेलाडी उत्पादन गर्न पाउँदा मन हर्षित भएको हमालले बताए।
डिएसपीका उत्कृष्ट कार्यहरु सदा स्मरण गरिने हमालको भनाई छ। साथै हमालले डिएसपी कामतीलाई नया कार्यकालको शुभकामना दिँदै आगामी दिनमा उनका राम्रा गतिबिधि सुन्न पाईयोस् भन्ने अपेक्षा ब्यक्त गरेका हुन्।











विश्व प्रकाश । २०८२ बैशाख १८