जुम्लाको पातारासी लुम काठेपुलबाट मोटरसाईकल खस्दा चालक बेपत्ता

जुम्लाको पातारासी गाउँपालिका -४ लुमस्थित जवा नदीको काठेपूलबाट मोटरसाईकल खस्दा चालक बेपत्ता भएका छन्। मोटरसाईकल चालक पातारासी गाउँपालिका वडा नं. ७ रिनी निवासी २८ वर्षीय हरिकृष्ण बुढा जवा नदीमा बेपत्ता भएका हुन्।

बुधबार विहान ८ बजे लासी बजारबाट तल्फी जाने क्रममा लुमको काठेपूलबाट क १ प १८२० नम्बरको मोटरसाईकल जवा नदीमा खसेको थियो।

मोटरसाईकलमा सवार यात्रु पातारासी गाउँपालिका ७ रिनीका का २७ वर्षीय जय बहादुर खड्काको भने उद्दार गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी उमेश चन्दले कर्णाली मिसनलाई जानकारी दिए।

उनका अनुसार बेत्तपा चालकको खोजी कार्य जारी रहेको छ भने, यात्रु खड्कको सकुशल उद्दार गरिएको छ।

स्थानीय जगत शाहीले पातारासीको हिमालय संस्थामा कार्यरत हरिकृष्ण बुढा पूल क्रस गर्दै गर्दा खोलाले पुल माथि बगाएर ल्याएको ढुंगामा बाईक चढाउँदा चढाउदै बाईक नदीमा खसेको र बाईक संगै दुबै जना बगेपनि केहि मिटर तलबाट जय बहादुर खड्का उत्रिन सफल भएको बताए।

तर हरि कृष्णबुढा भने बेपत्ता रहेको उनको भनाई छ। वर्खाको समयमा प्राय खोला ढुंगा बगाएर ल्याउने यात्रा असहज हुने भएकोले सुधार गर्नतर्फ सरोकारवालाले ध्यान दिनुपर्नेमा जोड दिएका छन्।

प्रकाशित मितिः   २०८१ भाद्र १२ at 12:31 pm 

  • कमेन्ट (Comment)