[१]
१.
जथाभावी चलेको छ जिन्दगी हाम्रो
हरेक दिन बन्दैछ कठिन चाम्रो ।
२.
तेरो मेरो भन्दैमा हाम्रो जिन्दगी जान्छ
बुझ्नेले मात्रै यसलाई श्रीखण्ड मान्छ ।
✍️ राजेशराज गड्तौला/काठमाडौं
[२]
१.
देशैभरि चलेको छ विदेश जानेको लहर
कसैलाई बाध्यता होला कसैलाई छ रहर ।
२.
बल्ल खाइस् भन्नेछन् अरूलाई देखाउँदा पनि पिर
सुख-दु:खमा एकैनास मन बनाउनु पर्छ स्थिर ।
✍️ पुष्पा सुवेदी/नेपालगन्ज, बाँके
[३]
१.
उद्देश्य प्राप्त गर्ने भए सङ्घर्षमा जुट
उपलब्धि झ्याम्मिएर हुने छन् लुटपुट ।
२.
ठुलो सानो हुँदैन काम, कामकै पूजा गर्नु
दु:ख पर्दा हेर्दैनन् कसैले आफ्नै भर पर्नु ।
✍️ बाबुराम गौतम/गुल्मी
[४]
१.
बोल्दै गर्दा सत्यता खुलायौ
किन मलाई व्यर्थै झुलायौ ।
२.
राम्रा राम्रा देख्याछु सपनी
अब गाउँमा फर्किन्न म पनि ।
✍️ चुडामणी देबकोटा/काठमाडौं
[५]
१.
सहनु कति सहनु त्यो अन्याय अब
कति चिल्लो बोल्छौ तिमी छ्ल गर्छौ जब ।
२.
बद्लिन्छन् नि मान्छे अचेल समय अन्सार
जालझेल मै अडेको छ अचेल सन्सार ।
✍️ सुशीला शिखा/काठमाडौं
कनका खबर । २०८१ जेष्ठ ५