[१]
१.
आँखामा लगाएर आए ईर्ष्याको गाजल
आफ्नो हुँ भने ओढेर है स्वार्थको आँचल ।
२.
नि:शब्द अनि मौनतामा हराए
आफ्नो भन्ने देखि म आफैँ डराएँ ।
✍️ रुना कर्माचार्य दाहाल/चितवन
[२]
१.
बिस्तारै अङ्क र अक्षरको सुरुआत भयो
पाटी खरी बनाए धुलेटोको चलन गयो ।
२.
पुस्तक पढ फोन पढ ज्ञान धेरै पाऊ
संसारभरि विश्वबन्धुत्व भाव जगाऊ ।
✍️ गुणनिधि घिमिरे/अमेरिका
[३]
१.
दु:खसुख जे परे पनि बानी परेछ सहने
कसैसँग बानी छैन मेरो दु:खसुख कहने ।
२.
सुख शान्ति चयन खाेज्छ किन हाेला मेरो मनले
जतिसुकै कमाए पनि जीवित राख्दैन धनले ।
✍️ सहयात्री शाेभा अर्याल/रुपन्देही
[४]
१.
लोकतन्त्रमा पनि हुनेखानेकै चल्यो रजगज
भागबन्डा गरि खाइरहे लोकतन्त्रको कबज ।
२.
लोकतन्त्रको हिमायतीले पनि देखाए तमासा
शकुनि चालमा पारी पल्टाइदिए पर्लक पासा ।
✍️ कृष्णकुमार वैद्य/बनेपा
[५]
१.
घर गोठ राम्रो गाँउकै ढुँगा माटोको
आउँछ याद हिँडेको गाँउकै बाटोको ।
२.
वरपिपलकाे चौतारी थकाई बिसाउने
कहिलेकाँहीको झगडामा किन रिसाउने ?
✍️ चिरञ्जीवी श्रेष्ठ/धनकुटा
कनका खबर । २०८१ बैशाख २२