नेपाली कांग्रेस चन्दननाथ नगरपालिका -४ इकाई कार्यसमितिले विश्वेश्वरप्रसाद कोइरालाको १११ औं जन्म जयन्ती मनाएको छ।
उक्त अवसरमा रक्त दान कार्यक्रम आयोजना गरिएको हो। बि पिको तस्विरमा माला अर्पण गर्दै अबिर ग्रहण गरि जन्म जयन्ती मनाएको हो।
सोमबार विहान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रक्तदान कार्यक्रम गरिएको हो।
जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरिन्रद आचार्य लगायत जम्मा ३४ जना रगत दाताले रक्तदान गरेका थिए।
नेपाली कांग्रेस केन्द्रीय कार्यालयको भाद्र १९ को परिपत्र बमोजिम जिल्ला, क्षेत्र, नगर, गाउँ र ईकाई मा सबैको सहभागितामा १११ औं जन्म जयन्तीको अवसरमा ६ वटा कार्यक्रम गर्ने निर्णय गरेको प्रदेश सभापति तथा पूर्व संविधान सभा सदस्य ललित जंग शाहीले बताए।
उनका अनुसार उक्त कार्यक्रमहरु मध्ये बृक्षा रोपण, रक्त दान, र्याली, प्रशिक्षण र सभा कार्यक्रम रहेको थियो।
उनले भने, ‘सबै कार्यक्रमहरु अति नै महत्त्वपूर्ण छन्। तर रक्तदान एउटा मानव जीवनसंग अति नै संवेदनशील सम्बन्ध राख्ने कार्यक्रम हो जुन ४ नं ईकाई कार्यसमितिको उत्कृष्ट काम रहेको छ।’
नेपाली कांग्रेसमा नर्सरीमा हुर्किँदै गरेका विरुवा जस्ता कार्यकर्ताहरुको भविष्य अन्योलमा नपरोस् भन्दै ४ नं ईकाई कार्यसमितिका सभापति दिपेन्द्र विक्रम हमालले बताए।
‘नेपाली कांग्रेस एक ढिक्का भएर अघि बढ्न जरुरी छ,’ उनले भने, ‘एक पोका रगतले ३ जनाको ज्यान जोगाउन सकिने भएकाले रक्तदान कार्यक्रमको आयोजना गरिएको हो।’
विश्व प्रकाश । २०८१ भाद्र २४