दुर्गमका आंगिक क्याम्पस अनुगमनमा निस्किएका त्रिवि उपकुलद्वारा जुम्लामा पुस्तकालय भवन उद्घाटन

दुर्गम क्षेत्रका आंगिक क्याम्पसको अनुगमनमा निस्किएका त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालले जुम्लामा नवनिर्मित पुस्तकालय भवन उद्घाटन गरेका छन्।

सचिवालयको टोलीसहित कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही क्याम्पसको अनुगमनमा निस्किएका उनले शुक्रबार एक समारोहबीच पुस्तकालय भवन उद्घाटन गरेका हुन।

उपकुलपति बराल क्याम्पसहरूको भौतिक पूर्वाधारको वस्तुस्थिति बुझ्ने, विद्यार्थी संख्या र शैक्षिक वातावरण हेर्ने र क्याम्पसहरूलाई आगामी बजेटमा कसरी समेट्नेलगायत विषयको अध्ययन गर्दै हिँडिरहेका छन्।

यसअघि हुनले उनको टोली ज्योति क्याम्पस, डडेल्धुराको डडेल्धुरा क्याम्पस, महेन्द्रनगरको सिद्धनाथ क्याम्पस, जुम्लाको जुम्ला क्याम्पस, नेपालगन्जको महेन्द्र क्याम्पस, दाङको महेन्द्र क्याम्पस, रुपन्देहीको बुटवल क्याम्पसलगायतको अध्ययन तथा अनुगमन गर्ने कार्यक्रम रहेकोमा शुक्रबार जुम्ला बुहुमुखीको अनसगम गरेको जुम्ला बहुमुखी क्याम्पसका प्रमुख डा.ओम प्रकाश आचार्यले बताए।

प्रकाशित मितिः   २०८१ जेष्ठ २५ at 8:06 am 

  • कमेन्ट (Comment)