नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेतले भैरव मावि धुपीढस्कामा झोला वितरण गरेको छ।
टेलिकमले शैक्षिक सुधारको कार्यक्रममा अन्तरगत श्री भैरव मावि धुपिढुस्का जुम्लाका कक्षा ८,९ र १०मा अध्ययनरत १०५ जना छात्र छात्रालाई झोला वितरण गरेको हो।
नगरपालिका भित्र भएर पनि पहुँच भन्दा टाढा रहेको विद्यालयका छात्रछात्रलाई राहतको महशुल भएको त्यहाँ कार्यरत विज्ञान शिक्षक धर्मेन्द्र अधिकारीले बताए।
उनका अनुसार झोला वितरणले विद्यार्थीको अनुहारमा खुसी छाएको छ। यसले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई ठूलो राहत हुने देखिन्छ।
कनका खबर । २०८१ असार १२