गजल


म बारम्बार अल्झिरहेको छु काँडेतारसँग
नहुने ठाउँमा भेट भएर हो कारागारसँग

पराजय भए पनि केही कुरा सिको हुन्छ भने
मुसुक्क मुस्कुराउने गर्छु खेलको हारसँग

म प्रेममा असफल भएको व्यक्ति हुँ
लोभी आँखाले हेरेछ चमत्कारसँग

छोएको समेत खान हुन्न भन्ने अबुझहरु
किन जान्छौ मुर्ति बनाउन सुनारसँग

यो जिन्दगी अलपत्र छ बेपत्ता छ यहाँ
खासै सम्पर्क छैन मेरो परिवारसँग

झुठो मायाँको आश देखाई रुवाउनु भन्दा
आशिष टाढियको छ मायाको प्यारसँग

प्रकाशित मितिः   २०८१ असार ८ at 6:37 pm 

  • कमेन्ट (Comment)