जुम्लाका दलित यूवालाई फोटो तथा भिडियो ग्राफी तालिम

दलित समुदायको सशक्तीकरण तथा क्षमता विकास गर्नको लागि जुम्लामा फोटो तथा भिडियो ग्राफी सम्बन्धी तीन दिने तालिम सुरु भएको छ।

प्रविधिको विकास संगै दलित समुदायका यूवालाई प्रविधि संग जोड्न र क्षामता विकासका लागि तालिमको आयोजना गरिएको सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख तुलराज चौलागाईले बताए।

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले फोटो तथा भिडियो ग्राफि तालिम युग सुहाउँदो तालिम भएकोले यसबाट यूवाले धेरै लाभ लिन सक्ने बताए।

अहिलेका यूवाहरुको माग र चाहनानुसार फोटो भिडियो ग्राफि तालिमको आयोजना गरिएको सह प्रशिक्षक प्रकाश उपाध्यायको भनाइ छ।

तालिममा तातोपानी गाउँपालिका, चन्दननाथ नगरपालिका र तिला गाउँपालिकाकाबाट सहभागी १५ जनामा १४ यूवा र एक यूवतीको सहभागीता रहेको सिन्जा मल्टिमिडियाका प्रकाश विश्वकर्माले बताए।

तालिम सामाजिक विकास कार्यालयको आर्थिक सहयोग र सिंजा मल्टिमिडिया, कुटिरो रिसर्च सेन्टर र प्रेस युनियन जुम्लाको सहजीकरणमा बुधबारदेखि सञ्चालन भएको हो।

प्रकाशित मितिः   २०८१ जेष्ठ १६ at 10:46 pm 

  • कमेन्ट (Comment)