
कर्णाली राजमार्गमा फोर्स गाडी दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । जुम्लाको सिँजादेखि सुर्खेततर्फ जाँदै गरेको क ०२००१ ख ००९८ नम्बरको फोर्स गाडी शनिवार दिउँसो साढे २ बजेको समयमा कालिकोटको तिलागुफा–५ खल्लागाडमा दुर्घटना हुँदा ८ जना घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार घाइतेहरूमध्ये ५ जनाको अवस्था गम्भीर र ३ जनाको अवस्था सामान्य रहेको छ ।
१४ जना सवार गाडी अनियन्त्रित भई सडकमै पल्टिएको प्रहरीले जनाएको छ । घाइते हुनेहरूमा जुम्ला सिंजा–३ का ५२ वर्षीय धनमाने सार्की, वर्ष ६० का मनजिते सार्की, वर्ष ६५ का जर्म सुनार, वर्ष ६४ का जोरे सार्की, वर्ष ५७ को परिदत्त शर्मा, वर्ष ६४ की मनकन्या चौलागाई रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी गोविन्द चौधरीले बताए ।
यस्तै जुम्ला कनकासुन्दरी ६ बस्ने वर्ष ३९ का कर्ण भण्डारी, कालिकोटको तिलागुफाका वर्ष २९ का तिलप्रसाद न्यौपाने पनि घाइते भएको उनले बताए ।
घाइतेहरूको राचुली नगर अस्पतालमा प्राथमिक उपचारपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला ल्याईएको छ । गाडी चालकलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











विश्व प्रकाश । २०८१ भाद्र २२