नेकपाको जागरण अभियान : चुनावको तयारी, सरकारका गलत कामको प्रचार

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी चुनावको तयारी र सरकारको गलत कामको प्रचारमा केन्द्रित हुँदै दुईमहिने जागरण अभियान सन्चालन गर्ने भएको छ ।
गत असोज २३ गते बसेको केन्द्रीय कार्यसंयोजन समितिको बैठकको गरेको निर्णयअनुसार आज कात्तिक ७ गतेदेखि मंसिर २५ गतेसम्म अभियान सञ्चालन गर्न लागिएको हो ।

नेपाली कम्युनिस्ट पार्टीका नेता एवम् केन्द्रीय कार्यालय सचिव गणेशमान पुन (रश्मी)ले अनलाइनखबरसँग भने, ‘आगामी चुनाव, पार्टी महाधिवेशन, संगठन सुदृढीकरण, जनजीविकाका सवाल, लोकतन्त्र र राष्ट्रिय स्वाधिनताको रक्षा लगायतका विषयमा केन्द्रित भएर अभियान सञ्चालन हुनेछ ।’

नेकपाले गत असोज २५ गते जारी गरेको अन्तर पार्टी निर्देशन (अपानि)मा पनि ‘पार्टीको राष्ट्रिय महाधिवेशन, स्थानीय तह र प्रदेशसभाको निर्वाचन तथा सरकारले गरेका जनविरोधी क्रियाकलापका विरुद्ध आन्दोलनको तयारीका रूपमा’ अभियान सञ्चालन गरिने उल्लेख छ ।

नेकपाको सूचना तथा सञ्चारप्रविधि विभागका उपप्रमुख सुरेन्द्र बस्नेतका अनुसार जागरण अभियान मूलत: पार्टीलाई जनतातिर फर्काउने अभियान हो ।

प्रकाशित मितिः   २०८३ कार्तिक ८ at 9:48 am 

  • कमेन्ट (Comment)