कांग्रेसमा जनसम्पर्क समितिबाट पनि केन्द्रीय सदस्य हुने व्यवस्थापछि आकांक्षीको लर्को

नेपाली कांग्रेसले जनसम्पर्क समितिमा रहेकाहरूबाट समेत केन्द्रीय सदस्य बनाउने विधानमा व्यवस्था गरेपछि उम्मेदवारीका लागि धमाधम नाम सार्वजनिक गर्न सुरु गरेका छन् ।
संशोधित विधान अनुसार, जनसम्पर्क समितिबाट ६ जना केन्द्रीय सदस्य हुने व्यवस्था छ । कांग्रेसको विदेशमा ३७ देशमा भ्रातृ संस्था जनसम्पर्क समिति क्रियाशील छन् । एसियाका देशहरूमा भारतस्थित जनसम्पर्क समितिबाट एक जना केन्द्रीय सदस्य चयन गर्ने व्यवस्था गरिएको छ । जनसम्पर्क समिति रहेका एसियाका अन्य देशबाट १ जना, युरोपबाट १ जना, मध्यपूर्वबाट १ जना, अमेरिका/क्यानडा लगायतका देशबाट १ जना र महिलाबाट १ जना केन्द्रीय सदस्य हुने व्यवस्था गरिएको छ ।

जनसम्पर्क समितिबाट पनि केन्द्रीय समितिमा प्रतिस्पर्धा गर्ने व्यवस्था गरिएसँगै आकांक्षीहरूले आफ्नो उम्मेदवारी दाबी गरेका छन् । भारतका जनसम्पर्क समितिका पूर्व सभापति एवं आमन्त्रित पूर्व केन्द्रीय सदस्य बालकृष्ण पाण्डे केन्द्रीय सदस्यका आकांक्षी देखिएका छन् ।

प्रकाशित मितिः   २०८३ असोज १५ at 4:57 pm 

  • कमेन्ट (Comment)